पीएम कपः पुलिसविरुद्ध एपीएफ ४० रनमै अल आउट, ललितको घातक बलिङ

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताकाे दोस्रो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ४१ रनको सामान्य लाक्ष्य दिएको छ । कीर्तिपुर स्थित टीयु मैदानमा टस हारेर ब्याटिङको मौका पाएको एपीएफले २२.१ ओभरमा ४० रन बनाएर अल आउट भयो ।
उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका लागि शरद भेषावकर, पृथु बाँस्कोटाले ७–७, आशिफ शेख, प्रदीप ऐरी, दिपेन्द्र रावत, सुमित महर्जनले २–२, सन्दीप जोराले ५, कमलसिंह ऐरीले १, अविनाश बोहराले ३ र अमरसिंह रौटेला ६ रनमा नट आउट रहे । बलिङमा पुलिसका ललित नारायाण राजवंशीले ४, सागर ढकाल र कुसल भुर्तेलले ३–३ विकेट लिए । आजको विजेताले फाइनलमा उपाधिका लागि आर्मीसँग भिड्ने छ ।
प्रधानमन्त्री कप एपीएफ भर्सेस पुलिस