धरानमा डेंगुको प्रकोप
नगरपालिका भन्छ– आत्तिनु पर्दैन
सुनसरीको धरानमा डेंगु प्रकोप नियन्त्रण बाहिर गएपछि महामारीको रुप लिन सक्ने भन्दै धरानका दुई वडालाई स्वास्थ्यमा आपतकालिन क्षेत्र घोषणा गरिएको छ । पहिलो पटक डेंगुको संक्रमण देखिएको वडानं. १५ र ८ नम्वरलाई स्वास्थ्यमा आपतकालिन अवस्था डेंगु संकटग्रस्त वडा घोषणा गरिएको छ ।
सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ दिनमा २ सय मानिसमा डेंगुको संक्रमण देखिएको छ । दिनहुँ बढ्दै गएको डेंगुको संक्रमणले स्थानीयवासीनै आतंकित बनेका छन् । अस्पतालमा विरामीको चाप बढेपछि अहिले वीपी प्रतिष्ठानमा समेत संक्रमितको भिड बढेको छ ।
डेंगुका विरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क उपचार गर्न माग गर्दै पत्राचार गर्ने निर्णय गर्नुका साथै प्रतिष्ठानमा हेल्प डेक्सको पनि स्थापना गरिएको छ । प्रतिष्ठानमा ४ सय ४२ जनाले स्वास्थ्य परिक्षण गराइसकेका छन् । डेंगु नियन्त्रण बाहिर गएपछि जनमानसमा त्रास फैलिएको छ ।
प्रत्येक वडा कार्यालयहरुले वडामा पनि जनपरिचालन गरेर लामखुट्टेको अण्डा र लार्भा मार्ने अभियान शुरु गरेका छन् । तर नियन्त्रण बाहिर गएकाले महामारीको रुप लिनसक्ने अनुमान गरिएको छ । धरान उपमहानगरपालिकाले सबैलाई सुरक्षित भएर बस्न र नअतालिन आग्रह गरेको छ ।