खेल

भलिबलमा गण्डकी प्रदेश पुग्यो फाइनलमा

भलिबलमा गण्डकी प्रदेश पुग्यो फाइनलमा

गण्डकी प्रदेश चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 


शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो  । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा निकै रोमान्चक बनेको खेलमा गण्डकीले एपीएफलाई २५–२३, २१–२५, २५–२३ र २९–२७ को सेटमा पराजित गर्यो ।

यो संगै गण्डकीले पहिलो पटक प्रधानसेनापति भलिबलको फाइनलमा स्थान बनाएको छ । अब गण्डकीले फाइनलमा साबिकको विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासंग खेल्नेछ  । नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् । 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउने छन् । 

गण्डकी प्रदेश पुरुष भलिबल प्रतियोगिता

विशेष