‘रवि लामिछानेलाई मेयर द्वारिकालाल चौधरीले उपयुक्त जवाफ दिए’
काठमाडौं । इटहरीका मेयर द्वारिकालाल चौधरीले रवि लामिछानेलाई उपयुक्त जवाफ दिएको सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा दिलिप भट्टराई लेख्छन्, ‘राष्ट्रिय टेलिभिजनबाटै चर्को स्वरमा टुँडीखेलमा राखेर किन हानेर नाककको डाँडी भाँच्छु भन्ने पत्रकारको भिल्ला मिरेका रवि लामिछानले कम्तिमा संविधान विपरीत कार्य मेयरले गरे भन्न नैतिकताले पाउन्न कि ?’
मेयर चौधरीको शैली असाध्यै अराजक तर यदि उनी भ्रष्टाचारविरोधी अभियन्ता नै हुन् भने उनले काम गरेर देखाउनु पर्ने धारणा राख्ने पनि छन् । भ्रष्टाचारको अभियोगमा इटहरी उपमहानगरपालिकामा चौधरीले केही कर्मचारीलाई निष्कासन गरेको त केहीलाई कुट्न खोजेको विषय पनि सार्वजनिक भएको छ ।
मेयर चौधरीका छोरा काठमाडौंको एक निजी इञ्जिनियरिङ कलेजमा पढाउँछन् र उनको जीवन साधारण रहेको भन्दैराजन लम्साल फेसबुकमा लेख्छन्, ‘मलाई याद छ, उनका छोरा काठमाडौंको एक निजी इञ्जिनियरिङ कलेजमा पढाउँछन् र डेरामा बस्छन् । जनप्रतिनिधि जस्ता मान्छेले बोल्ने र प्रस्तुत हुने शैली गलत हो तर यसको पछाडिको विषमा जोडिएका सन्दर्भ र भ्रष्टलाई चाहिँ कारबाही गर्ने कि नगर्ने ?’
इटहरीका पत्रकार सुविद गुरागाईंले द्वारिकालाललाई सन्काउने काम भइरहेको उल्लेख गरेका छन् , उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इटहरी नगरप्रमुख द्वारिकलाल चौधरीलाई थप समस्याको दलदलमा फसाउने, अझ उत्तेजित बनाउने र आलोचनाको घेराबन्दीमा पार्नेहरूको जमात पनि कम छैन । तर उहिल्यै एउटा सम्राटलाई नाङ्गै सहर घुम्न प्रेरित गर्ने मिथकीय पात्रहरूले गरेको जस्तो भूमिका उनीहरूबाट निर्वाह भइरहेको देख्दा अचम्म लाग्छ ।
उनीहरूलाई लागेको हुनसक्छ, आफूलाई द्वारिकलालको महान् शुभचिन्तक र समर्थक प्रमाणित गरेर नगरपालिका तथा उनको पहुँच पुग्ने निकायमा जागिर मिलाउने, भइरहेको जागिर सुरक्षित गर्ने, कार्यक्रम, ठेक्कापट्टा र कमिसन मिलाउने योभन्दा राम्रो अवसर पछि नआउन पनि सक्छ । तर यो महाघातक सोच र प्रवृत्ति हो ।’
निरन्तर खेदो खन्ने, ‘भ्रष्टाचार गरेर बैंकक घुम्न गएको’ भनेर सामाचार लेखेको भन्दै स्थानीय एक पत्रकारविरुद्ध मेयर चौधरी आक्रोशित भएका छन् । उनले स्थानीय अर्का पत्रकारलाई चाटुकार पनि भनेका छन् । उनले भ्रष्टाचार गर्ने र पित पत्रकारीता गर्ने विरुद्ध आफू भिड्ने बताएका छन् । पित पत्रकारीता गर्नेहरुलाई कठालो समातेर मोसो दलेर बजार घुमाउने चेतावनी पनि दिएका छन् ।