खेल

विश्वकप क्रिकेटः पाकिस्तान र श्रीलंका भिड्दै, कस्तो छ विगत?

विश्वकप क्रिकेटः पाकिस्तान र श्रीलंका भिड्दै, कस्तो छ विगत?

काठमाडौं । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको ११ औं खेलमा आज पूर्वविजेता श्रीलंका र पाकिस्तान खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि ब्रिस्टलमा सुरु हुँदैछ । श्रीलंका–पाकिस्तान इंग्ल्याण्डको मैदानमा ३६ वर्षपछि एक अर्काविरुद्ध खेल्न लागेका हुन्। यी दुई टिमबीच पछिल्लो पटक १९८३ मा प्रतिष्पर्धा भएको थियो । उक्त खेलमा पाकिस्तानले ११ रनले खेल आफ्नो पक्षमा पारेको थियो।

 

श्रीलंकाको पाकिस्तानविरुद्ध अन्तिम जीत २०१५ मा निकालेको थियो । यी दुई टिमबीच अहिलेसम्म कुल १५३ एकदिवसीय खेल भएका छन् । जसमा पाकिस्तानले ९० जित निकालेको छ । श्रीलंकाले भने ५८ खेलमा मात्र जीत हासिल गरेको छ । एक खेल बराबरी भएको छ । ४ खेलमा नतिजा निस्किएको छैन् । विश्वकपमा अहिलेसम्म यि दुई टिमबिच ७ पटक भिडन्त भएको छ । जहाँ सबै भिडन्तमा पाकिस्तानले बाजी मारेको छ ।  

विश्वकप क्रिकेट पाकिस्तान भर्सेस श्रीलंका

विशेष