कभर स्टोरी भिडियो

विदेशीको पैसा खाएर मुलुकको पहिचान मेटाउन नेताहरु नै सक्रिय

विदेशीको पैसा खाएर मुलुकको पहिचान मेटाउन नेताहरु नै सक्रिय

कमल थापा नेतृत्वको राप्रपा दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रामा छ । यो पटक मुक्तिनाथदेखि गोरखासम्म रथा यात्रा गरिदै छ । यसअघि मेचीदेखि महाकालीसम्म रथ यात्रा गरिएको थियो । रथ यात्राको एउटै उद्देश्य राजसंस्था र हिन्दू धर्मको पुनस्र्थापना तथा संघीयताको खारेजीबारे जनतालाई जागृत गराउनु रहेको पूर्वमन्त्री तथा पार्टीकी सहमहामन्त्री कुन्ती शाहीले जानकारी दिइन् । 


उनले भनिन्, ‘गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुक बर्वाद हुन थाल्यो । यिनै राष्ट्रघाती एजेण्डालाई उपलब्धी मान्ने राजनीतिक दलका नेताहरु अकुत सम्पत्ति कमाउनतर्फ लागेका छन् । भ्रष्टाचार गर्दैछन् । विदेशीको पैसा खाएर मुलुकको पहिचान मेटाउन अहोरात्र लागिरहेका छन् । 
सार्वजनिक सम्पत्ति केही बाँकी राखेनन् । आफू र आफना छोराछोरीको स्वार्थ पूरा गर्न मात्र यिनको ध्यान छ । यो सबै नेताहरुको प्रलोभनले बिग्रेको हो । अब यिनलाई बढार्नु पर्छ । यसका लागि राजसंस्थाको पुस्र्थापना, हिन्दू राष्ट्रको स्थापना र संघीयताको खारेजी अपरिहार्य छ ।’">


आफना एजेण्डा र माग पूरा गराउन हामीले दुईवटा रणनीति अख्तियार गरेका छौं । एउटा सरकारसंग वार्ता र अर्को आन्दोलन । 
अहिले हामी सरकारसंग दोस्रो चरणको वार्ताको तयारीमा छौं । पहिलो चरणको वार्तामा आम जनताको चासो र समस्याका विषयमा कुराकानी भएको थियो । अब दोस्रो चरणको वार्तामा हामी सिधै राजनीतिक एजेण्डा प्रस्तुत गर्छौं । 


सरकारी टोलीसंग राजसंस्था र हिन्दू राष्ट्रको पुनस्र्थापनासहित संघीयताको खारेजीको विषयमा कडाइपूर्वक कुरा राख्ने र सरकारी जवाफ सुनेपछि सोही अनुसार कदम चाल्ने हाम्रो रणनीति छ । हामीलाई थाहा छ, वार्ताबाट गणतन्त्र जानेवाला छैन । संघीयता र धर्मनिरपेक्षता हटाउन यिनीहरु तयार हुनेवाला छैनन् । कम्तिमा यी विषय गलत हुन भन्ने बहसमा  यिनीहरु सहभागी हुन्छन भने पनि त्यसलाई हामी उपलब्धी नै ठान्ने छौं । 


नेपालमा विदेशीको पैसा नखाने कोही पार्टी छ भने त्यो राप्रपा मात्र हो । अरु सबैलाई विदेशीले किनेको छ । विदेशीको पैसा खाएपछि विदेशी एजेण्डा बोक्नुपर्ने तिनीहरुको बाध्यता छ । तिनीहरुबाट मुलुकले पार पाउने होइन झन संकट आउने छ । यसकारण दुःख सुख जे जस्तो होस आफनै जनतालाई देउता मानिरहेको राप्रपा नै देशभक्त पार्टी हो । हामी सकभर शान्तिपूर्ण तरिकाले जनताको अभिमत लिएर परिवर्तन गर्न चाहन्छौं । तर, विदेशीको पैसा खाएर देशलाई नै सिध्याउने षडयन्त्रमा यी दलहरु लागे हामी भीषण सडक आन्दोलनको बाटो रोज्न बाध्य हुनेछौं । ">


अहिले कतिपयले भारतीय जनता पार्टी र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको जितलाई लिएर नेपालको राजनीतिको विश्लेषण गर्ने गरेका छन् । हामी भाजपा र मोदीजीलाई बधाई दिन्छौं । तर नेपालको परिवर्तन गर्ने भनेको नेपाली जनताले हो, विदेशीले होइन । 


हो, नेपाललाई हिन्दू राष्ट्र बनाउन छिमेकी देश र धार्मिक पार्टीको हिसाबले भाजपाले समर्थन गर्छ भने त्यो हाम्रो लागि खुशीको कुरा नै हुन्छ । 
हरेक राजनीतिक दलको आ–आफनो सिद्धान्त हुन्छ । त्यसलाई सबैलाई सम्मान गर्नुपर्छ । तर, यहाँ अधिकारकर्मीको आवरणमा राजनीतिक टिप्पणी गर्ने कृष्ण पहाडी जस्ता मान्छेले समस्या भएको छ । पहाडी जस्तो मान्छेले राष्ट्रिय पत्रिकामा लेख लेखेर हाम्रो पार्टी, हाम्रा नेता, हाम्रो सिद्धान्तलाई प्रतिगामी भन्न पाउँछ ? म त पहाडीलाई सम्मान गर्थे, तिनी त दरिद्र सोचका रहेछन् । 


राप्रपा र राप्रपा संयुक्तबीच चाँडै पार्टी एकीकरण हुँदैछ । देशको निम्ति व्यक्तिगत स्वार्थ नराखी राष्ट्रिय स्वार्थका लागि एकजुट हुन हाम्रा नेताहरु कमल थापा, पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी लगायत तयार भैसकेका छन् । 
">

कमल थापा स्वाभिमान यात्रा

विशेष