सप्तरीकाे पेडा : काठमाडौँ आइपुगे वैजनाथका नाति (भिडियोसहित)
हरि न्याैपाने ।
काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा पेडा पसल प्रशस्तै छन् । पेडाका लागि प्रसिद्ध त्यस स्थानमा विभिन्न नाममा खुलेका पेडाका पसलमध्ये खास कुन पसल वास्तविक हो ? भन्ने जो कोहीलाई पनि छुट्याउन मुस्किल पर्छ ।
वैजनाथ शाहले सुरु गरेको पेडा पसलमा बूढाको पेडा पसल, पुरानो बुढाको पेडा पसल, उही पुरानो बुढाको पेडा पसल, असली बूढाको पेडा पसल, वास्तविक असली बूढाको पेडा पसल लगायतका नामबाट विभिन्न व्यक्तिले पेडा पसल थापेका छन् । तर उनै वैजनाथ शाहका नाति भने पेडा बजार खोज्दै काडमाडौँमा आइपुगेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा जारी ३० औँ राष्ट्रिय लघु घरेलु तथा औद्योगिक प्रदर्शनी अवलोकनका क्रममा हामीले पनि पेडाका सुरुवातकर्ता वैजनाथ शाहका नाति विवेक शाहसँग हजुरबुवाले के कसरी व्यवसाय सुरु गरे? असली पेडा कुन हो ? लगायत पेडाको वास्तविकताबारे सोधखोज गरेका छौँ ।
हेर्नुहोस् कुराकानीको भिडियो