स्वास्थ्य

यस्ता छन् लिची खानुका फाइदा 

यस्ता छन् लिची खानुका फाइदा 

काठमाडौः मीठो स्वादसँगै उच्च पोषक तत्वयुक्त लिची फूर्तिदायक हुन्छ । यो मूलतः चीनबाट आएको फल हो । यो फल २००० ईशापूर्वदेखि नै चीनमा खाँदै आइएको हो । भारत विहारस्थित भारतीय कृषि अनसन्धान परिषद, राष्ट्रिय लिची अनुसन्धान केन्द्रका अनुसार यसमा सुक्रोज, फ्रुक्टोज र ग्लुकोज गरी तीनै प्रकारका चिनी पाइन्छ । लिचीको फलमा करिब ६० प्रतिशत जुस, ८ प्रतिशत र्याग, १९ प्रतिशत बीउ र १३ प्रतिशत बोक्रा हुन्छ। यसमा भिटामिन सी, पोटासियम र प्राकृतिक चिनी पाइन्छ।

 

लिचीमा चिनी १०–१२ प्रतिशत, प्रोटिन ०–७ प्रतिशत, बोसो ०–३ प्रतिशतलगायत धेरैजसो भिटामिनजस्तै सी, ए, बी १, बी २ प्रशस्त पाइन्छ । केन्द्रको तथ्यपत्रअनुसार लिचीमा थुप्रै रोगको प्रतिक्षात्मक क्षमता देखिएको छ । यसमा एथोसायनिन, फिनोलिक्सजस्तो जैव सक्रिय यौगिक पाइन्छ । जसले मुटु रोग, मधुमेह, मिर्गौला रोग, क्यान्सरसँग लड्नमा प्रतिरोधी क्षमता दिन्छ । लिचीले क्यान्सरपीडित कोषिकाको विकासमा अवरोध गर्छ । यो जानकारी कान्तिपुर दैनिकबाट लिइएको हो । 

स्वास्थ्य लिची फल

विशेष