खेल

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै (लाइभ)

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै (लाइभ)

काठमाडौंः तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सुरु भएको फाइनल खेलमा आर्मीले टस जितेर ब्याटिङ रोजेको छ ।  


पुलिसले बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने आर्मीले बुधबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नं तीनलाई ११७ रनले लाई पराजित गर्दै फाइनलमा पुगेको हो। 


समूह चरणको खेलमा भने पुलिसले आर्मीलाई पराजित गरेको थियो । पुलिसले आर्मीलाई ५० रनको भारी अन्तरले पराजित गर्यो । त्यसैगरी पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले, प्रदेश नं १ लाई ७५ रन तथा प्रदेश २ लाई १५६ रनको भारी अन्तरले पराजित गरेको थियो । यता आर्मीले भने प्रदेश २ लाई १७१ रनले पराजित गरेको थियो भने प्रदेश १ लाई ११३ रनको भारी अन्तरले पाखा लगाएको थियो ।

 

त्यस्तै आर्मीले कर्णाली प्रदेशलाई ११७ रनले हरायो भने पुलिससँग पराजित भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रा.लीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छ। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

">

प्रधानमन्त्री कप आर्मी भर्सेस पुलिस

विशेष