खेल

प्रधानमन्त्री कपको पुरस्कारमै ठगिए खेलाडी

प्रधानमन्त्री कपको पुरस्कारमै ठगिए खेलाडी

काठमाडौं : सरकारले नै आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएका छन् । मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार मात्रै पुरस्कार पाएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार घोषणा गरिएको थियो । तर, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट घोषित नेपाल पुलिसका खेलाडी ललितनारायण राजवंशीलाई शनिबार नगद ५० हजार दिएर टारिएको छ । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५० हजार नगद घोषणा गरेकोमा ३० हजारले मात्रै पुरस्कृत गरियो । उत्कृष्ट बलर राजवंशी नै भएका हुन् भने उत्कृष्ट ब्याट्सम्यान त्रिभुवन आर्मीका राजु रिजाल हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

प्रधानमन्त्री कप क्रिकेटः

विशेष