स्वास्थ्य

पर्याप्त नसुत्ने विद्यार्थीको मानसिक विकासमा समस्या

पर्याप्त नसुत्ने विद्यार्थीको मानसिक विकासमा समस्या

निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ ।

निद्रा पूरा नभएकाले मानसिक समस्या देखिएकामध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुन्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिन सक्ने अध्ययनकर्ताको भनाई छ ।

अनिन्द्रकै कारण कति धेरै समस्या सृजना हुदो रहेछ भन्ने कुरा यो अध्ययनले आश्चर्य नै पर्नेगरी देखाएको उनीहरूको भनाई छ । अध्ययनको नेतृत्व गरेका लेखक थे राम्सेयले क्याम्पस तहका विद्यार्थीमा यसले बढी प्रभावित पारेको बताए ।

उनका अनुसार सन् २०११ देखि २०१४ सम्म गरेको अध्ययनले यस्तो देखाएको हो । उनले अध्ययनमा एक लाख १० हजार ४९६ जना सहभागी भएको जानकारी दिए ।

स्वास्थ्य अनिद्रा

विशेष