मुख्य समाचार

विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण अपरिहार्य : राष्ट्रपति

विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण अपरिहार्य : राष्ट्रपति



काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण अपरिहार्य रहेको बताउनुभएको छ । विश्वविद्यालय शिक्षाले उत्पादन र उत्पादकत्व वृद्धिमा टेवा पु-याउनुपर्ने बताउनुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई पूरा गर्न विश्वविद्यालयहरु सम्बाहक शक्तिको रुपमा उदाउनुपर्नेमा उहाँको भनाइ छ । 

 


राष्ट्रपति भवन शितल निवासमा आईतबार त्रिभुवन विश्वविद्यालयले गरेको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलनलाई उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विश्वका अन्य मुलुकमा विश्वविद्यालयहरुले देशको समृद्धिको लागि दिएको योगदानबाट सिकेर नेपालका विश्वविद्यालयहरु अघि बढनुपर्ने स्पष्ट पार्नु भयो ।

 

उच्च शिक्षालाई समय सापेक्ष र जनमुखी बनाउन विद्यालयहरु अग्रसर हुनुपर्ने पनि स्मरण गराउनु भयो । सम्मेलनले नेपालमा गुणस्तरीय र जनमुखि शिक्षाको प्रवद्र्धनमा सघाउ पु-याउने विश्वास पनि व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा. तीर्थराज खनियाले विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न  सम्मेलन आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

 


सम्मेलनबाट आर्जित ज्ञान र अनुभवबाट त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार आउने अपेक्षा गरिएको पनि त्रिभुवन विश्वविद्यालयका उपकूलपति खनियाँले बताउनु भयो । २ दिनसम्म चल्ने सम्मेलनमा अमेरिका, बेलायत, जापान, फिनल्याण्ड, भारत, सिंगापुर र नेपालका प्राध्यापकहरुले कार्य पत्र प्रस्तुत गर्नुहुनेछ ।

 

 

विशेष