विश्वकप सेमिफाइनलः भारत र न्यूजिल्याण्डको बाँकी खेल आज

काठमाडौं । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा वर्षाले प्रभावित भएको भारत र न्यूजिल्याडबीचको पहिलो सेमिफाइनलको बाँकी खेल आज हुने भएको छ । वर्षाका कारण ४६.१ ओभरमा रोकिएको खेल ‘रिजर्व डे’ अनुसार सो खेल आज खेलाउन लागिएको हो ।
न्यूजिल्याण्डले ४६.१ ओभरबाट बाँकी खेल खेल्नेछ । म्यानचेष्टरको ओल्डट्राफोर्डमा खेल रोकिनु अघि न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो। म्यानचेष्टरमा आज पनि ६५ प्रतिशत बर्षाको सम्भावना छ । खेल हुन नसकेको अवस्थामा भारत अंकका आधारमा फाईनल पुग्नेछ।
भारत भर्सेस न्यूजिल्याण्ड