मुख्य समाचार अपराध सुरक्षा

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, जिल्ला इन्चार्जको ज्यान गयो (अपडेट)

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, जिल्ला इन्चार्जको ज्यान गयो (अपडेट)

काठमाडौं । भोजपुरको सदरमुकाम नजिकै बुधबार बिहान प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त हुँदा एक जना विपल्व कार्यकर्ताको ज्यान गएको छ । बिहान ८ बजे भएको भिडन्तमा विप्लव समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राईको ज्यान गएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए । 

यस्तै उक्त घटनामाप्रहरी जवान सञ्जिव राईको छातीमा गोली लागेको छ। प्रहरी स्रोतले उनको मृत्यु भएको पुष्टि गरेपनि प्रहरीले आधिकारिक रुपमा घोषणा गरेको छैन। प्रहरीले विपल्व कार्यकर्ताको साथबाट एक थान लोडेड पेस्तोल समेत बरामद गरेको छ।

भोजपुर प्रहरी गोली हानाहान विपल्व कार्यकर्ता

विशेष