मुख्य समाचार

विप्लवका कार्यकर्ता र प्रहरीबीच भिडन्त, २ जनाको मृत्यु

विप्लवका कार्यकर्ता र प्रहरीबीच भिडन्त, २ जनाको मृत्यु

काठमाडौं । भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहको गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको छ । सदरमुकामको शनिबारे हटिया लाइनमा बुधबार बिहान सवा आठबजेतिर गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको हो । प्रहरीको जवाफी फायरिङका विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले बताएको छ । सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले सुरुमा गोली प्रहार गरेका थिए ।

 

नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाका अनुसार विप्लव कार्यकर्ताको गोली लागेर प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको हो ।  थापाकाअनुसार जवाफी फायरिङमा विप्लवका एक कार्यकर्ताको मृत्यु भएको छ ।  मृत्यु हने विप्लव कार्यकर्ता ओखलढुंगाका जिल्ला इन्चार्ज निरकुमार राई रहेको खुलेको छ । प्रहरीले उनको साथबाट एक थान चाइनिज पेस्तोल, र पाँच राउन्ड गोली बरामद गरिएको  जानकारी दिएको। भोजपुरमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ  । 

प्रहरी भिडन्त नेत्रविक्रम चन्द्र ‘विप्लव’

विशेष