मनोरञ्जन

शिल्पा पोखरेल श्रीमान छबी ओझाबाटै असुरक्षित, प्रहरीमा दिइन् उजुरी

शिल्पा पोखरेल श्रीमान छबी ओझाबाटै असुरक्षित, प्रहरीमा दिइन् उजुरी

काठमाडौं : अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा महसुस गरेकी छन्। उनी आफ्नै श्रीमानबाट असुरक्षित रहेको भन्दै प्रहरीमा उजुरीसमेत दिएकी छन्।

पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्तिको भाग गर्दै उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए। उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ।

चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो। शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए। लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए। पोखरेल निर्माता ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन्।

शिल्पा पोखरेल

विशेष