इङल्याण्डको घातक बलिङ, १४ रनमा अष्ट्रेलियाका तीन महत्वपूर्ण विकेट पतन
विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया पूर्णतः दबामा परेको छ । आयोजक इङल्याण्डका बलरले घातक बलिङ गरेपछि अष्ट्रेलियाको ओपनिङ ध्वस्त भएको छ ।
इङल्याण्डको बीरमिनघममा जारी खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेको छ । अष्ट्रेलियाले ब्याटिङ गर्न गरेको निर्णयलाई गलत सावित गर्दै इङल्याण्डले पूर्णतः दबाब सृजना गर्न सफल भएको छ । अष्ट्रेलियाका कप्तान फिञ्चलाई शून्य र विष्फोटक ब्याट्सम्यान वार्नरलाई ९ रनमा आउट गर्न इङल्याण्ड सफल भएको छ । त्यस्तै, ह्याण्ड्सकम पनि ४ रन जोड्दै पेभिलिएन फर्किएका छन् ।
एक बल मात्र सामना गरेका फिञ्च आर्चरको एलबिडल्यूको धरापमा परे । वार्नर र ह्णड्सकमलाई भने वकासले आउट गरे । आजको विजेताले आइतबार उपाधिका लागि न्युजिल्याण्डको सामना गर्नेछ ।