खेल

स्मिथले जोगाए अष्ट्रेलियाको इज्जत, इङल्याण्डलाई २२४ रनको चुनौती

स्मिथले जोगाए अष्ट्रेलियाको इज्जत, इङल्याण्डलाई २२४ रनको चुनौती

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा लज्जास्पद अष्ट्रेलियाको पारीलाई पूर्व कप्तान स्मिथले सम्हालेका छन् । इङल्याण्डका बलरसामु निरीह बन्दै एकपछि अर्को गर्दै प्रमुख ब्याटसम्यान आउट भैरहेकाबेला स्मिथले अन्तिमसम्म साहसी प्रदर्शन गर्दै संघर्ष गरेका थिए । 


४९ ओभरमा २२३ रन बनाउँदै अष्ट्रेलिया अलआउट भयो । उसका लागि पूर्व कप्तान स्मिथ एक्लैले ८५ रन बनाए । निकै धैर्यतापूर्वक ब्याटिङ गर्दै उनले ६ चौका प्रहार गरे । शतक  बनाउन लगभग निश्चित देखिएकाबेला स्मिथ दुर्भाग्यवशः रनआउटको शिकार हुन पुगे । 


अष्ट्रेलियाका लागि क्यारीले ४६, स्टार्कले २९ र म्याक्सवेलले २२ रन जोड्नु बाहेक अरु कसैले पनि दोहोरो अंक जोड्न सकेनन् ।  अष्ट्रेलियाको पारी ध्वस्त पार्न वाकेस र रसिदले समान तीन–तीन विकेट लिए । यस्तै, आर्चरले २  तथा वुडले एक विकेट लिए । 


इङल्याण्ड २२४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा छ । विजेताले आइतबार उपाधिका लागि न्युजिल्याण्डको सामना गर्नेछ । 
 

विशेष