खेल

अफगानी फास्ट बलर आलमलाई एक वर्ष प्रतिबन्ध

अफगानी फास्ट बलर आलमलाई एक वर्ष प्रतिबन्ध

अफगानिस्तानका फास्ट बलर अफ्ताब आलमलाई एक वर्ष क्रिकेट खेल्न प्रतिबन्ध लागेको छ। आचारसहिंताविपरीत काम गरेको भन्दै उनलाई एक वर्षका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको हो। उनीमाथि जारी विश्वकप क्रिकेटको क्रममा आचारसहिंता विपरीत कार्य गरेको आरोप लागेको हो।

अफगानिस्तान क्रिकेट काउन्सिलको अनुसासन समितिले गरेको अनुसन्धानपछि यस्तो निर्णय गरिएको हो। गतहप्ता बसेको बैठकले आलमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। उनले महिला गेस्टमाथि गम्भीर प्रकृतिको दुर्व्यवहार गरेको भन्दै उनीमाथि आरोप लागेको थियो। उक्त विषयमा गरिएको अनुसन्धानपछि उनी दोषी भेटिएकाले उनलाई प्रतिबन्ध लगाउने निर्णयमा अफगानिस्तान क्रिकेट काउन्सिल पुगेको हो।

२६ वर्ष आलमले साउथ हामटनमा महिलामाथि दुर्व्यवाहर गरेको पाइपछि उनलाई स्वदेश फिर्ता गरिएको थियो। आरोपपछि उनलाई दुईवटा म्याचमा सस्पेन्डसमेत गरिएको थियो। यसअघि पनि उनले सन् २०१६ को एक खेलमा यस्तै समस्या भोगेका थिए।

अफगानिस्तान अफ्ताब आलम

विशेष