अन्तरवार्ता भिडियो Breaking News कभर स्टोरी

सरकारको यात्रा समृद्धि हैन स्वाहा (भिडियोसहित) 

विप्लवलाई बन्दुकले सिध्याउने रणनीतिमा सरकार, प्रचण्डपथको गन्तव्य, क्रान्तिका नाममा ठगी 

सरकारको यात्रा समृद्धि हैन स्वाहा (भिडियोसहित) 


भोजपुरमा प्रहरी जवान सञ्जिव राईसहित  विप्लव समूहका नेता निरकुमार राई मारिएपछि राष्ट्रिय राजनीति थप पेचिलो बनेको छ भने मुलुक थप द्वन्द्वतर्फ जाने खतरा  बढेको छ । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल मारिएको घटनाले संसद तातिरहेका बेला भोजपुरमा एकपछि अर्को घटना हुनुले मुलुक गम्भीर द्वन्द्वमा जाने संकेत देखिएको हो । एक महिनाअघि विप्लव कार्यकर्ता तीर्थ घिमिरे भोजपुरमै प्रहरी कारवाहीमा मारिएका थिए । 


युवा राजनीतिकर्मी जागृत रायमाझी भन्छन्, ‘सरकार युद्ध चाहन्छ । यो विप्लवका लागि युद्ध गर्न निम्तो पठाइएको हो । जसरी हुन्छ विप्लवलाई बिच्काउने र युद्धका लागि उक्साउने उसको रणनीति छ । सरकार बन्दुकबाटै विप्लवलाई सिध्याउन चाहन्छ । यो असम्भव कुरा हो तर विश्व साम्राज्यवादको गोटी बनेको यो सरकारलाई गर्नैपर्ने बाध्यता पनि छ । ’

">
रायमाझीका अनुसार नेपालमा कम्युनिष्ट आन्दोलन फस्टाइरहेकाबेला विश्व साम्राज्यवादको चपेटामा यहाँका दल र नेताहरु परेका छन् । त्यसमा पनि अहिलेको सरकारमा नेकपा पार्टी छ । प्रचण्डले क्रान्तिको नाममा ठगठाग गरे । उनले अर्धक्रान्ति गरे, पूर्ण क्रान्ति गर्न सकेनन् । ओली पनि विदेशीको पूर्ण प्रभावमा छन् ।

यो बेला अलिकति क्रान्तिकारी कम्युनिष्ट भनेर उदाइरहेको विप्लव समूहलाई सिध्याउन ओली, प्रचण्ड र बादल समूह प्रयोग भएको छ । 
प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मुलुक समृद्ध होइन स्वाहा हुने दिशामा छ । यो सरकार र नेकपासंग राजनीतिक दृष्टिकोणकासाथै मुलुक र जनताका लागि गर्नुपर्छ भन्ने भित्रि चाहना र प्रतिबद्धतासमेत छैन । यीनीहरुकै कारण मुलुकमा सम्भावित तीनवटा खतरा उत्पन्न भएका छन् : 


क ) निरंकुशता : ओली र प्रचण्ड अब हिटलरी शैलीमा अघि बढ्न सक्छन् । 
ख ) असफल देश : मुलुक बिघटन हुने सम्भावना 
ग ) पुरातनवादीको उदय : राजसंस्थाको उदय


जहाँसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको कुरा छ यो कुनै पनि हालतमा पनि प्रचण्डले भने जस्तो राजनीतिक मुल प्रवाहमा आउँदैन । जुन बैज्ञानिक समाजवादको लक्ष्य उनीहरुले लिएका छन्, त्यो नै उनीहरुको मूल प्रवाह हो । संसदीय व्यवस्थालाई मूल प्रवाह मानेर खान पल्केकाहरुको जमातमा विप्लवहरु मिसिने सम्भावना नरहेको रायमाझीको तर्क छ । 

">
रायमाझी भन्छन्, ‘विप्लवसँगको केही कालको संगतका आधारमा म दावीका साथ भन्छु, उनीहरुले व्यक्ति हत्याको नीति लिनै सक्दैनन् । सुुरक्षा निकायमाथि आक्रमण गर्ने नीति पनि उनीहरुको छैन । निकै जिम्मेवारीपूर्वक म भन्न सक्छु उनीहरु हिंसाको बाटोमा छैनन्, तर सरकारले एकतर्फी हिंसा मच्चाएर उनीहरुलाई उक्साउन चाहिं खोजिरहेको छ । ’


विप्लवसंग मोहन वैद्य, सीपी गजुरेल, परी थापा, गोपाल किराँती, ऋषि कट्टेल लगायतको एकता हुने सुनिएको छ, त्यसो भयो भने त्यो राम्रै हुन्छ । तर, विप्लवले अघोषित युद्धको कार्यनीति त्याग्नुपर्छ । 


">

विशेष