खेल

विश्वकपः अष्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा पराजित, २७ वर्षपछि इंग्ल्याण्ड फाइनलमा

विश्वकपः अष्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा पराजित, २७ वर्षपछि इंग्ल्याण्ड फाइनलमा

काठमाडौं । पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्याण्ड १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्ड २७ वर्षपछि वान डे विश्वकपको फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनल खेलमा अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि जोसन रोयले ५ छक्का र ९ चौकाको मद्दतमा ६५ बलमा ८५ रन बनाए ।

 

जारी विश्वकपमा उनको यो चौथो अर्धशतक हो । साथै यो विश्वकपमा रोयले एक शतकसमेत बनाइसकेका छन् । यस्तै जोनी बेरिस्टोले ३४, जो रुटले (अविजित) ४९ र इओन मोर्गनले नट आउट ४५ रन बनाए । बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले एक–एक विकेट लिए । अब इंग्ल्याण्डले उपाधिका लागि १४ जूलाईमा न्यूजिल्याण्डसँग खेल्ने छ । टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२३ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि स्टिभ स्मिथले सर्बाधिक ८४ रनको योगदान दिए ।  यस्तै एलेक्स केरीले ४६, मिचेल स्टार्कले २९, ग्लेन म्याक्सवेलले २२, डेभिड वार्नरले ९ पिटर ह्यान्सकम्बले ४, प्याट कमिन्सले ६ र नाथन लायनले ६ रन बनाए । कप्तान आरोन फिन्च र मार्कस स्टोइनिसले खाता नै खोल्न पाएनन् । बलिङमा क्रिस ओक्स, आदिल रशिदले तीनतीन, जोफ्रा आर्चरले २ र मार्क उडले एक विकेट लिए ।  

 

अष्ट्रेलियाको प्लेइङ–११ः आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, एलेक्स केरी, जसन फेहनड्रफ, प्याट कमिन्स, मार्कस स्टोइनिस, पीटर ह्यान्सकम्ब, नाथन लायन र मिचेल स्टार्क ।

 

इंग्ल्याण्ड प्लेइङ–११ः इओन मोर्गन (कप्तान), जोनी बेरिस्टो, जो रूट, जसन राय, बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, लियाम प्लंकेट, आदिल राशिद, क्रिस वोक्स र मार्क वुड । 

अष्ट्रेलिया भर्सेस इंग्ल्याण्ड विश्वकप क्रिकेट

विशेष