इतिहासमा आज

आज ठूली एकादशी अर्थात् तुलसी रोप्ने दिन

आज ठूली एकादशी अर्थात् तुलसी रोप्ने दिन

काठमाडौं : असार शुक्ल एकादशी शुक्रबार तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदैछ । भगवान् विष्णु चार महिनाका लागि जल शयनीमा रहने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइँदैछ।

एक महिना अघि जेठ शुक्ल एकादशी (निर्जला एकादशी)का दिन छरिएको बिउ तयार भएर आजको दिन रोपण गरिन्छ। यसरी घरको आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवान्‍को अवतारका रूपमा पूजा गर्ने चलन छ।

यो दिन जान्नेले पानी रोटी खान्छन् भनिन्छ । डा. लोकराज पौडेलका अनुसार यो एकादशीपछि हरिबोधनी एकादशीका दिनसम्म शुभकार्य नगर्नु भन्ने ज्योतिषीय मान्यता छ । यो अवधिमा ज्योतिषले शुभकार्यको घडीपला तोक्ने गर्दैनन् ।

तुलसीलाई आयुर्वेदमा महत्त्वको वनस्पतिका रूपमा व्याख्या गरिएको वैद्यराज सुवर्ण वैद्य बताउँछन् । तुलसी अत्याधिक अत्याधिक अक्सिजन फ्याक्ने बनस्पति मध्य एक हो।

पशुपतिमा शुक्रबार आर्यघाट बागमतीमा तुलसीको डोरो राख्ने चलन छ । अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलका अनुसार आर्यघाटमा अमालबाट तुलसीको बिरुवा दिएर रोपण आयोजना भएको छ ।

तुलसी

विशेष