खेल

इंग्ल्याण्डका ओपनर रोयलाई कारवाही

इंग्ल्याण्डका ओपनर रोयलाई कारवाही

काठमाडौं । १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति २७ वर्षपछि अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ । फाइनल खेलमा इंग्ल्याण्डका ओपनर जसन रोयले उत्कृष्ट प्रदर्शन गरे । तर उनलाई आईसीसीको कारवाही गरेको छ । रोय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियाविरुद्धको खेलको दौरानमा गलत व्यवहार गरेको भन्दै कारवाहीमा परेका हुन् । उनी १९.४ ओभरमा प्याट कमिन्सको बलमा आउट भएका थिए । तर, आफूलाई ‘आउट’ दिइएको बारे एम्पायर कुमार धर्मासेनसँग असन्तुष्टि जनाएका थिए ।


आईसीसीको नियम उल्लंघन गरेको भन्दै उनलाई म्याच फीको ३० प्रतिशत जरिवाना लगाइएको छ । त्यस्तै उनलाई दुई डिमेरिट अंक दिइएको छ । अष्ट्रेलियाविरुद्ध ८ विकेटको जित दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले ८५ रन बनाएका थिए । 

एकदिवसीय विश्वकप क्रिकेट जसन रोय

विशेष