खेल

विश्वकप क्रिकेटः धर्मसेनाले फाइनल खेलाउने

विश्वकप क्रिकेटः धर्मसेनाले फाइनल खेलाउने

काठमाडौं । श्रीलंकाका अम्पायर कुमार धर्मसेनाले इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच आइतबार लर्डसमा हुने विश्वकप क्रिकेटको फाइनल खेलाउने भएका छन् । सेमिफाइनलमा इंग्ल्याण्डमा ब्याट्सम्यान जेसन रोयलाई विवादास्पद आउट दिएर विवादमा तानिए पनि धर्मसेनाले फाइनल खेलाउने अवसर पाएका हुन् । 

 


ओपनर रोयको ८५ रनको मद्दता इंग्ल्याण्डले बिहीबार सेमिफाइनलमा अष्ट्रेलियामाथि ८ विकेटको जीत हात पारेको थियो । उनलाई लेगसाइडमा गएको बलमा धर्मसेनाले विकेट पछाडि क्याच आउट दिएका थिए । रोयले रिभ्यूका लागि अपिल गरेका थिए । इंग्ल्याण्डले एक मात्र रिभ्यू यसअघि नै गुमाई सकेको थियो । जबकि धर्मसेनाले रिभ्यूका लागि संकेत गरिरहँदा अष्ट्रेलियाली खेलाडीले श्रीलंकाली अम्पायरले गल्ती गरेको इशारा गरिरहेका थिए । 

 

विश्वकप क्रिकेट इंग्ल्याण्ड भर्सेस न्यूजिल्याण्ड कुमार धर्मसेना

विशेष