नेपालको उत्कृष्ट सुरुवात, पहिलो ओभरमै सोमपाललाई सफलता (लाइभ)

काठमाडौं । मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर बलिङको मौका पाएकाे नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालले पहिलो ओभरमै विकेट लिन सफल भएको छ । नेपाललाई पहिलो सफलता दिलाने क्रममा सोमपाल कामीले आफ्नो पहिलो ओभरको पाँचौ बलमा विकेट लिन सफल भएका हुन् ।
आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका? पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी ।