खेल

नेपालको पहिलो विकेट पतन, पारसको बिस्फोटक ब्याटिङ (लाइभ)

नेपालको पहिलो विकेट पतन, पारसको बिस्फोटक ब्याटिङ (लाइभ)

काठमाडौं । टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा मलेसियाले दिएको १२९ रनको लक्ष्य पछ्याउँने क्रममा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटकारुपमा प्रदीप ऐरीलाई ८ रनमा गुमाएको हो । उनलाई फित्री सामले क्याच आउट गराए । 

 

यो समाचार तयार पार्दासम्म नेपालले ९ ओभरमा १ विकेट गुमाएर ४६ रन बनाएको छ । कप्तान पारस खड्काले शानदार ब्याटिङ गरेका छन् । उनले एक छक्का र ४ चौकाको मद्दतमा १६ बलमा २९ रन बनाएर खेलिरहेका छन् । 

 

यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो । उसका लागि विरन्दीप सिंहले ५७, फित्री सामले १२, कप्तान अहमद फिजले ४५, मुहम्मद सयादतले ८ रनको योगदान दिए ।

 

बलिङमा करण केसीले ३, सन्दीप लामिछाने, बसन्त रेग्मीले २–२ र सोमपाल कामीले एक विकेट लिए  । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ । 

 

नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका?
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी ।

">

 

नेपाल भर्सेस मलेसिया टि–२० सिरिज

विशेष