खेल

टि–२० सिरिजः नेपालले मलेसियालाई ७ विकेटले हरायो

टि–२० सिरिजः नेपालले मलेसियालाई ७ विकेटले हरायो

काठमाडौं । टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । कप्तान पारस खड्काको शानदार व्याटिङमा मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

 

नेपालका लागि कप्तान खड्काले ५ छक्का र ८ चौकाको मद्दतमा ५० बलमा नट आउट ८६ रन बनाए । यस्तै शरद भेषवाकरले (अविजित) १७, प्रदीप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७ र रोहितकुमार पौडेलले ५ रन बनाए । बलिङमा मलेसियाका अनवार रहमानले २ र फित्री सामले एक विकेट लिए । 

 

यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो । उसका लागि विरन्दीप सिंहले ५७, फित्री सामले १२, कप्तान अहमद फिजले ४५, मुहम्मद सयादतले ८ रनको योगदान दिए । बलिङमा करण केसीले ३, सन्दीप लामिछाने, बसन्त रेग्मीले २–२ र सोमपाल कामीले एक विकेट लिए  । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो ।  

 

नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका?
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी

नेपाल भर्सेस मलेसिया

विशेष