कभर स्टोरी

३६५ दिन नै त्राहीमामको जीवन

३६५ दिन नै त्राहीमामको जीवन

काठमाडौंभित्रको मानव वस्तीको कथा हो यो । शुक्रबार बढेको ढुकढुकीलाई शनिवारको मौसमले केही आश देखाएपछि उनीहरुका अनिदो रातले लोलाएका आँखामा केही चमक देखापरेको छ । थाहा छैन– ‘यो आशाको आयु कहिलेसम्म टिक्छ ?’ थापाथली बागमती नदी करिडोरमा १ सय ३५ घरधुरीका सबै २,४ दिनयता अनिदोमै रात विताइरहेका छन् । 

उनीहरुले सुकुम्बासी बस्ती बनाउँदा नजन्मिएकाहरु यतिबेला किशोरकिशोरी उमेरमा प्रवेश गरिसकेका छन् । नयाँपुस्ताका लागि खेलखोर भनेकै बाग्मती नदीको किनार हो । बर्खामा घरबास उडाउने आकारमा फैलिएर आउने बाग्मती, हिउँदमा प्रदूषण बोकेर बस्तीलाई तर्साउँछ । फागुन–चैतमा सुसाउने हावा हुण्डरीले कहिले बस्ती सोतर बनाउँछ । यहाँ बस्नेको जिन्दगी ३ सय ६५ दिन नै त्राही त्राहीमा वित्छ । यिनीहरु भगवान पुकार्नुको विकल्प छैन । 

कुनै पनि सरकारले आफ्नो आवासीय व्यवस्थापन नगरिदिएको गुनासो गर्ने यिनीहरुसंग किन यसरी दुख काटेर नदी किनारमा बाँचिरहेछन् त ? भन्ने भरलाग्दो उत्तर छैन् । विभिन्न कारणले काठमाडौं पसेकाहरु जीविकाको बाटो साँघुरिंदै गएपछि आफूहरु यसखाले जीवन बाँच्न बाध्य भएको स्वीकार्छन्  ।">

सुकुम्बासी बस्ती

विशेष