खेल

विश्वकपमा मोहम्मद शामीले बनाए यस्तो कीर्तिमान

विश्वकपमा मोहम्मद शामीले बनाए यस्तो कीर्तिमान

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड विरुद्धको खेलमा भारतीय तिव्र गतिका बलर मोहम्मद शामीले नयाँ कीर्तिमान बनाएका छन् । उनले लगातार तीन खेलमा ४ भन्दा बढी विकेट लिने बलरको कीर्तिमान बनाएका हुन् । आइतबार सम्पन्न इंग्ल्याण्डसँगको खेलमा उनले ५ विकेट लिएसँगै नयाँ उपलब्धि हासिल गरे ।

 

यसअघि शामीले वेस्ट इण्डिज र अफगानिस्तानको ४–४ विकेट लिएका थिए । अफागानिस्तान विरूद्धको खेलमा उनले ह्याट्रिक विकेट लिएका थिए । विश्वकप क्रिकेटमा लगातार ३ खेलमा ४ वा सो भन्दा बढि विकेट लिने शामी दोस्रो बलर हुन्। यसअघि पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले तीन खेलमा ४–४ विकेट लिएका थिए । अफ्रिदीले सन् २०११ को विश्वकपमा लगातार ३ खेलमा ४–४ विकेट लिएका थिए।

 

शामीले पछिल्ला विश्वकपमा ७ खेलमा १७ विकेट लिएका थिए। यस विश्वकपमा कुल ३ म्याच खेलेका शमीले १३ विकेट लिइसकेका छन्। विश्वकपमा उनको विकेट संख्या ३० पुगिसकेको छ। १० खेलबाट उनले ३० विकेट लिएका छन्। यस्तै, शामीले विश्वकपका अलावा भारतीय खेलाडीका तर्फबाट अन्तराष्ट्रिय खेलमा ३ म्याचमा ४ वा सो भन्दा बढि विकेट लिने दोस्रो भारतीय खेलाडी हुन्। यसअघि बारतका लेग स्पीनर नरेन्द्र हिरवानीले सन् १९८८ मा लगातार ३ खेलमा ४–४ विकेट लिएका थिए।

विश्वकप क्रिकेट मोहम्मद शामी

विशेष