विचार

‘अमेरिकी एजेन्ट’को आरोपपछि गगनले गरे अरु सनसनीपूर्ण खुलासा 

‘अमेरिकी एजेन्ट’को आरोपपछि गगनले गरे अरु सनसनीपूर्ण खुलासा 

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापा अमेरिकी एजेन्ट भएको भन्दै सार्वजनिक सनसनीपूर्ण समाचारहरुका बारेमा नेता थापाले स्पष्ट पारेका छन् । उनले शुक्रबार आफ्नो आधारिक फेसबुकमार्फत यो विषयको चिरफार गरेका छन् । सन् २००६ मा विकिलिक्सले सार्वजनिक गरेको विवरणहरुमा सयौं नेपाली नेता, उद्योगीहरुका बारेमा उल्लेख थियो । सोही विवरणमध्ये आफ्नो मात्रै निकालेर केही व्यक्तिहरुले आफूविरुद्ध दूष्प्रचार गरेको उनले दावी गरेका छन् । उनको प्रष्टोक्ति निम्नानुसार छः 

 

‘संसदमा कुनै पनि विषय जुन म गम्भीरतापूर्वक उठाउछु, त्यो दिन कुनै न कुनै प्रपोगाण्डा हुन्छ भन्ने म सजिलै अनुमान लगाउन सक्छु । साथीहरु मलाई यस्तो आयो, उस्तो आयो भनेर सुनाउँछन्  । म वास्ता गर्दिनँ । वास्ता गरेर साध्य पनि हुँदैन । बरु म रमाइलो गर्छु, प्रधानमन्त्री रोजगार कार्यक्रमका कारण केही साथीहरुले रोजगारी पाएका छन् भन्ने ठानेर बसिदिए हुन्छ । 

 

अहिलेकोे विषयमा पनि मैले यस्तै गर्ने सोच बनाएको थिएँ । तर मेरा केही शुभचिन्तक साथीहरु जसले गुण र दोषका आधारमा आलोचना, समर्थन गर्नेहरुले यो विषयमा तपाईँ आफैले प्रष्ट गर्नुपर्छ भनेपछि म यो विषयमा बोल्दैछु । 

 

मेरो बारेमा आएका समाचारहरुका बारेमा खण्डन गर्न म गइरहेको छैन । मेरा समर्थक र शुभचिन्तकहरुका लागि म बोलिरहेको छ्ु । असार २३ गते एक अनलाईनमा समाचार आयो कि ‘गगन थापा अमेरिकी दूतावासका मुख्य सम्पर्क सूत्र, प्रमाणसहित’ भनेर । यो समाचार प्रकाशित भइसकेपछि यस्तै अनलाईनका अरु साथी अनलाईनहरुले पनि एकै पटक त्यही समाचार फरक फरक शीर्षकमा राखे । 

 

समाचारमा बताउन खोजिएको विषय नयाँ कुरा खुलास भयो, गगन अमेरिकी दूतावासका लागि काम गर्ने विषय हामीलाई थाहा छ भने झै गरी समाचारहरु सार्वजनिक भए ।

 


विकिलिक्सले सन् २००६ देखि अमेरिकी प्रशासनको गोप्य कुरा सार्वजनिक गरिरहेको छ । उसले करिब १० मिलियन अर्थात १ करोड सूचनाहरु सार्वजनिक गरेको भन्ने कुरा छ । 
अमेरिकी दूतावासले आफ्नो मुख्यालयमा पठाउने टिपोटहरु २०६८ साल भदौ १३ गते सार्वजनिक भएको थियो । यो विकिलिक्सले पब्लिक डोमनमा उपलब्ध भएको सामाग्रीहरु हुन् । यी विषय वर्षौैंदेखि विकिलिक्समा उपलब्ध छन्, जुन हिजो पनि आज र सम्भवतः भोलि पनि पढ्न पाइनेछ । 

 

उसो भए समाचार लेख्नेहरु झुक्किए त रु यदि समाचार लेख्नेहरुले यो पुरानो कुरा हालै थाहा पाएका थिए भने जसले शुरुमा यो विषय विकिलिक्समा देखे, त्यहाँ नेपालका अरु सयौं मानिसहरुका बारेमा लेखिएका सयौं पानाहरु उनीहरुले भेट्छन् ।  

 

तर उनीहरु कसैको पनि बारेमा लेख्दैनन् । सनसनीपूर्ण तरिकाले प्रमाणसहित भन्दै मेरो बारेमा मात्रै लेख्छन् । उनीहरुले कतिसम्म लेख्छन् भने गगन थापा अमेरिकी दूतावासको ‘कि कन्ट्याक्ट’ हो । ऊ अमेरिकी दूतावासको सबै काम गर्ने, खास मान्छे हो भनेर अथ्र्याउँछन् । र हामीले खास कुरा पत्ता लगायौं भनेर उल्लेख गर्छन् । 

 


अमेरिकी दूतावासका एक कर्मचारीले एउटा अनलाईनमा गरेको कुराकानीमा उनलाई ‘कि कन्ट्याक्ट’ शब्दको प्रयोग गर्नुहुन्छ रु भन्ने प्रश्नमा उनले भनेका छन्, कि यो उनीहरुको सामान्यरुपमा प्रयोग भइरहने शब्द हो । जसले कुनै खुफिया वा विशेष काम गर्ने व्यक्तिको रुपमा बुझ्न सकिदैन । 

 

‘कि कन्ट्याक्ट’    भन्ने शब्दमा के समाचार लेख्नेहरु झुक्किएका हुन् त ? उनीहरुलाई यो शब्दले खुफिया एजेन्सीकै लागि काम गर्ने व्यक्तिका रुपमा यो शब्द प्रयोग गरेको लागेको हो त ? यदि त्यस्तो हुन्थ्यो भने मेरो बारेमा लेखिएको देखि ठीक तल्तिर तिर झलनाथ खनाललाई ‘क्लोज कन्ट्याक्ट’ , भीम रावललाई ‘क्लोज कन्ट्याक्ट’ अझ कृष्णबहादुर महरालाई ‘वर्क डिरेक्ट्ली विद एम्बेसी’ भन्ने शब्द लेखिएको छ । 

 

सुरेन्द्र पाण्डे, सुजाता कोइराला, विजय गच्छदार आदिलाई ‘कि मिनिस्टर’ लेखिएको छ । ति कुराहरु उनीहरु भन्दैनन् । उनीहरु छानेर, मेरोमात्रै झिक्छन् र लेख्छन् । 

 

 

पहिलो संविधानसभाको निर्वाचन हुनुभन्दा ३४ दिन अगाडि अमेरिकी एम्बेसीले आयोजना गरेको एक गोलमेच अन्तरक्रियामा जहाँ अरु पनि युवा नेताहरु थिए । त्यहाँ यो पटकको चुनावमा नेपाली कांग्रेसको अवस्था कस्तो होला रु भन्ने प्रश्नको जवाफमा, ‘यसपटकको चुनावमा कांग्रेसलाई गाह्रो छ । किनकी गिरिजाप्रसादा कोइराला वृद्ध हुनुभएकोले उहाँ चुनावी सभामा जान सक्नु हुन्न । गिरिजाप्रसादले मधेसीलाई बढी अधिकार दिएका कारण पहाडी समुदाय पनि कांग्रेससँग रुष्ट छन् । ’

 

यो कुराहरु गगन थापाले गोप्य रुपमा अमेरिकी दूतावासलाई दिएको झैं गरि समाचारहरु आए । यो कुरा मैले सार्वजनिक मञ्चमा, सार्वजनिक रुपमा बोलेको कुरा हो । मैले बोलेका कुरालाई गोप्य सूचना मानेर लेखियो, लेख्नेहरु झुक्किए कि ? होइन । यहाँ पनि उनीहरु झुक्किएका होइनन् । यदि उनीहरु झुक्किन्थे भने त्यही पृष्ठको अलिकति अगाडि मानवअधिकारवादी नेता सुवोध प्याकुरलेले यस्तो भन्नुभयो, व्यापारी उद्योगले यस्तो बताए भन्ने शब्द पनि छन् । तर ती कुराहरुमा लेख्नेहरु गएनन् । त्यही पृष्ठमा विष्णु रिमालले यस्तो भन्नु भयो भनेर पनि लेखिएको छ । ती कुराहरु पनि लेखिएनन् । 

 

तत्कालीन परराष्टमन्त्री केपी ओलीले नर्थ कोरियाको बारेमा अमेरिकी राजदूतसँगको भेटमा अमेरिकी पोजिसनको विषयमा हामीले निर्णय गरिसकेका छौं, प्रधानमन्त्रीबाट पास हुन बाँकी छ भनेर गरेको कुरा पनि विकिलिक्समा सार्वजनिक भएको थियो । अझ प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईले तत्कालीन जनरल तोरणबहादुर सिंहको बारेमा हामी उनको बढुवा गर्दैनौं, उनी मानवअधिकार उल्लंघनका बारेमा  तपाईंहरुको चासो हामीलाई थाहा छ भन्ने कुरा गरेको पनि लेखिएको छ । प्रचण्डले शान्ति प्रक्रियामा प्रवेश गर्दै गरेको विषय बोलेको पनि लेखिएको छ । 

 

यी कुराहरुबारे मलाई केही भन्नु छैन । सयौं पेजहरु छन् । कैयन मानिसहरुका बारेमा लेखिएको छ । ती कसैका बारेमा कुरा उक्काइँदैन । किनकी उनीहरु झुक्किएका होइनन् । उनीहरुले अरुलाई झुक्याइएको हो । 

 

उनीहरुले जे जति कुराहरु मेरोबारेमा लेखेर झुक्याउने प्रयास गरे, त्यतिले नपुगेर अरु काम पनि गरेका छन् । गगनलाई साँच्चै नै अमेरिकाले पालेको हो भनेर थप प्रमाणका रुपमा हार्वर्डमा पढ्न जाने सबै खर्च अमेरिकाले व्यहोरेको कुरा भन्दै बाहिर ल्याउने प्रयास भयो । 

वर्ल्ड इकोनोकिम फोरम, जसको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केही समय अगाडि डाबोसमा जानु भयो । त्यही इकोनोमिक फोरमले योङ लिडरसिप भनेर एक समूह बनायो । संसारभर केही युवाहरु उसले छान्छ । नेपालबाट हामी चार जना छानिएका छौं । त्यसमध्ये म एक हो । त्यस्ता युवाहरुका लागि फोरमले हार्वर्ड, अक्सफोर्ड जस्ता ठूला विश्वविद्यालयमा यस्ता कार्यक्रम सञ्चालन गर्छ । त्यसअन्तर्गत यसपटक हार्वडमा म गएँ । 

 

अहिले सिंगापुरका लागि प्रयास गरिरहेको छु । अर्को बर्ष अक्सफोर्डका लागि कोसिस गर्नेछ्ु । कुनै पनि व्यक्तिले ग्लोबल लिडरसिपका बारेमा भएका यस्ता तालिम, कक्षाहरुका बारेमा जानकारी लिन सक्छ । गुगलमै यस्ता कुराको सम्पूर्ण सूचना खुला रुपमा राखिएको हुन्छ । जहाँ कसले खर्च गरेको हो, कति गरेको हो सबै कुरा छर्लंग हुन्छ ।’ 
 

विशेष