अन्तरवार्ता भिडियो Breaking News कभर स्टोरी

विदेशी चलखेल बढेपनि देश सुरक्षित, केही नेताहरुलाई सुरक्षा खतरा (भिडियोसहित)

विदेशी चलखेल बढेपनि देश सुरक्षित, केही नेताहरुलाई सुरक्षा खतरा (भिडियोसहित)

देशभर बाढी पहिरो र डुवानले अस्तव्यस्त पारेकाबेला मुलुक र जनताको सुरक्षामाथि बिभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन् । प्राकृतिक विपत्तिले पुर्याउने असुरक्षासँगै मुलुक भित्र र मुलुक बाहिरको परिस्थितिले उब्जाएका केही गम्भीर सवालहरु सुरक्षाको दृष्टिकोणबाट निकै पेचिलो ढंगले सतहमा आएका छन् । 


विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिहरुले मुलुक, जनता र यहाँका नेताहरु समेत सुरक्षित छैनन् भन्ने संशय उत्पन्न गरेकाबेला नेपाली सेनाका पूर्व जर्नेल सुरेश शर्माले भने सबैलाई संयम भएर बस्न आग्रह गरेका छन् । जुन प्रकारको प्रचार भएको छ त्यो परिस्थिति नेपालमा नभएकाले देश र  जनतामाथि कुनै भयावह स्थिति आउने अवस्था नरहेको उनको भनाइ छ । 

">
केही हप्ताअघि मात्रै पूर्व प्रधानमन्त्री एवम नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफू लगायत नेपालका शीर्षस्तरका नेताहरु असुरक्षित रहेको बताएका थिए । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्म जयन्तीको दिन उनले ‘हाइ प्रोफाइल पर्सनालिटी’ माथि सुरक्षा चुनौती बढेकाले कुनैपनि दिन कुनैपनि समय कोही पनि मारिन सक्ने संकेत गरेका थिए । 


यतिमात्र होइन ‘हाइ प्रोफाइल मर्डर’ का घटनामा को दोषी भनेर किटेर भन्न सकिने अवस्था नरहेको र यस्ता घटना भोलिका दिनमा हुँदैनन् भनेर आफूहरुले सुनिश्चित समेत गर्न नसकेको उनले स्पष्ट शब्दमा भनेका थिए । यसको अर्थ भोलिका दिनमा पनि मदन भण्डारी जस्तै कोही पनि मारिन सक्छन् भन्ने नै हो । 


प्रचण्डको यो भनाइपछि पछिल्लो समय व्यक्ति असुरक्षा बढेको र त्यसमा पनि अझ शीर्ष नेताहरु निशानामा पर्न सक्ने खतरा रहेको आंकलन गरिएको थियो । हुनपनि प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्कमल दाहालको हत्या गर्ने योजना बनाएको सूचनासमेत सरकारले नै सार्वजनिक गरेको थियो । 


सेनाको प्रवक्ताको समेत भूमिका निर्वाह गरिसकेका शर्मा भन्छन्, ‘ शताब्दी पुरुष सत्यमोहन जोशीलाई मध्यरातमा पनि ललितपुरबाट भक्तपुर एक्लै हिंडेर जाँदा असुरक्षा हुँदैन । उनलाई कसैले आक्रमण गर्दैन । जोशीको त्यो छवि छ, त्यो इतिहास छ । अब हिजोका दिनमा कसैले कुकर्म गरेको छ, अरुलाई दुःख दिएको छ, कसैको मन दुखाएको छ भने त्यस्तालाई त डर भैहाल्छ । त्यो देशको सुरक्षा कमजोर भएर होइन, सम्वन्धित व्यक्तिको मनविज्ञान कमजोर भएको हो । ’

">
जहाँसम्म देशको सुरक्षा निकायको प्रभावकारिताको विषय हो, त्यसमा गम्भीर हुन जरुरी छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान सबैले पहिले आफनो मुख्य प्राथमिकतामा केन्द्रीत हुनुपर्छ । अहिले यी सबै निकाय प्रमुख जिम्मेवारी भन्दा तपसिलका कुरामा बढी अल्झेका हुन कि भन्ने देखिन्छ । नेपाली सेना बढीजसो ठेक्कापट्टामा लाग्नु, प्रहरी संगठनका आइजीपी नै भ्रष्टाचारमा मुछिएर जेल पुग्नु लगायतका घटनाले सुरक्षा निकायमाथि प्रश्न उठेको छ । अझ, सेनाले रेडियो टीभी चलाउने कुरा उचित होइन । 


जहाँसम्म व्यवसायिकताको कुरा छ, नेपाली सेना पूर्ण व्यवसायिक छ, कहिलेकाहिं राजनीति छिर्न खोज्छ, तर त्यसलाई निस्तेज पारिएको छ ।  धेरै मानिसहरुले अहिले पनि सेनाको काम भनेको ब्यारेकमा बसेर खसी काटेर खाने त हो नी भनेर टिप्पणी गरेको सुनिन्छ । तर, सेनाले मुलुकको विकास निर्माण, हरेक राजनीतिक परिवर्तनमा देखाएको परिपक्वता प्रशंसनिय छ । 


पछिल्लो समय ‘इण्डोप्यासिफिक स्ट्राटिजी’ को विषय नेपालमा प्रवेश गरेको छ । यो एक सैन्य गठवन्धन हो । आफनो मुलुक, जनता र अन्य कुनैपनि मुलुकविरुद्ध प्रयोग नहुने विषयमा सरकार सचेत हुनुपर्छ । यो गठवन्धन चीनविरुद्ध प्रयोग हुनसक्ने खतरा भएकाले सरकार निकै सजगतापूर्वक अघि बढ्न जरुरी छ । 


यस्तै, विमस्टेक राष्ट्रहरुको सैन्य अभ्यासको विषयमा नेपाल चुकेको थियो । पहिला सैन्य अभ्यासका लागि सहमति दिने तर पछि गएर सहभागी नहुने विषयले अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुर्याउँछ । तर, जे जस्तो भएपनि विमष्टेक राष्ट्रहरुको सैन्य अभ्यासमा सहभागी नभएर नेपालले राम्रो गर्यो, त्यो उचित निर्णय हो । 


जहाँसम्म नेपाल भारत, चीन, अमेरिका तथा युरोपियन युनियनहरुको ‘युद्ध मैदान’ बन्न थाल्यो भन्ने कुरा छ, त्यसमा पनि परिपक्व कुटनीति प्रदर्शन गर्नु नेपाल सरकारको क्षमताको विषय हो । कुनैपनि मुलुकले आफनो स्वार्थका लागि नेपाललाई प्रयोग गर्न खोज्छ, तर त्यसले पार्न सक्ने दुरगामी अशरका बारेमा चनाखो हुन सकिएन भने दुर्घटना त अवश्यम्भावी छ । 

">

विशेष