फुड अर्थ समाज देश

बाढी र डुबानको अशर : काठमाडौंमा तरकारी र फलफुलको मूल्यमा दोब्बर बृद्धि 

बाढी र डुबानको अशर : काठमाडौंमा तरकारी र फलफुलको मूल्यमा दोब्बर बृद्धि 

काठमाडौंमा तरकारी र फलफुलको भाउ बढेको छ । बाढी पहिरोका कारण ढुवानीमा समस्या तथा भारी वर्षाले तरकारी खेतीमा पु¥र्याएको असरका कारण भाउ बढेको हो । 


भारतबाट आउने तरकारीमा पनि विषादी परीक्षणको विषयमा तनाव भएपछि स्थानीय तरकारी मात्र बजारमा आपूर्ति हुँदा भाउ बढेको हो । वर्षातपछि बजारमा पहिलेजति धेरै तरकारी आउन सकेको छैन ।  


वर्षाअघि ५० रुपैयाँ प्रतिकिलो रहेको मूला ७० रुपैयाँ बढेर १ सय २० रुपैयाँ पुगेको छ । ६० सय रुपैयाँ प्रतिकेजी रहेको काउली ४० रुपैयाँ बढेर अहिले १ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै पहिलो ३० रुपैयाँ प्रतिकेजी रहेको तितेकरेलाको भाउ किलोमै ४० रुपैयाँ बढेर ७० रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै ५० रुपैयाँ रहेको भन्टा ८० रुपैयाँ प्रतिकिलो पुगेको छ । 


४० रुपैयाँ प्रतिकिलो रहेको घिरौँला ९० रुपैयाँ पुगेको छ भने ५० रुपैयाँ प्रतिकिलो रहेको भिडेखुर्सानी ९० रुपैयाँ पुगेको छ । ७० देखि ८० रुपैँया प्रतिकिलो रहेको काँक्रो ४० रुपैयाँ बढेर १ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ ।  ५० रुपैयाँ प्रतिकिलो रहेको बन्दागोपी ३० रुपैयाँ बढेर ८० रुपैयाँ पुगेको छ । 


यस्तै ८० रुपैयाँ प्रतिकिलो रहेको बोडी  १ सय २० रुपैँया प्रतिकिलो पुगेको छ । खुसार्नीको  भाउ पनि दोब्बरले बृद्धि भएको छ । होलसेलमा ५० रुपैयाँ प्रतिकिलो रहेको खुर्सानीको भाउ बढेर १ सय रुपैयाँ पुगेको छ । २ सय ५० रुपैयाँ थोक मूल्य रहेको अदुवा २ सय ८० रुपैयाँ पुगेको छ । 


फलफूलको पनि भाउ बढेको छ । ४० रुपैयाँ प्रतिकेजी थोक बजार मूल्य रहेको खरबुजा ६० रुपैयाँ, ठूलो फुजी स्याउको खुद्रा मूल्य ३ सय ५० हराहारी रहेकोमा अहिले ४ सय सम्म पुगेको छ । यस्तैै सानो फुजी स्याउ २ सय ६० देखि ३ सय रुपैँया प्रतिकेजी रहेकोमा अहिले ३ सय ५० देखि ३ सय ६० रुपैँया प्रतिकेजी पुगेको छ । 

यस्तै मालदह आँप प्रतिकिलो १ सय २० रपैयाँ रहेकोमा अहिले १ सय ६० रुपैयाँ प्रतिकिलो पुगेको छ । एभोकाडो १ किलोमै १ सय रुपैँया भाउ बढेको छ । ३ सय ५० रुपैयाँ प्रतिकिलो रहेको एभोकाडो ४ सय ५० रुपैयाँ पुगेको छ । 


१ सय ६० रुपैयाँ प्रतिकिलो रहेको मौसम १ सय ८० रुपैयाँ पुगेको छ भने दर्जनको १ सय २० रुपैयाँ पर्ने मालभोग केरा १ सय ५० रुपैयाँ पुगेको छ । यस्तै प्रतिकिलो १ सय रुपैयाँ थोक मूल्य रहेको लिचीको मूल्य १ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ । 
 

विशेष