खेल

इंग्ल्याण्ड पहिलो पटक विश्वकप च्याम्पियन

इंग्ल्याण्ड पहिलो पटक विश्वकप च्याम्पियन

काठमाडौं । सुपर ओभरमा न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले आइसीसी एकदिवसीय विश्वकप क्रिकेट २०१९ को उपाधि जितेको छ । सुपर ओभरमा जीतको लागि १६ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले १६ रन नै बनाएपछि बाउन्ड्री प्रहारका आधारमा इंग्ल्याण्डले उपाधि जितेको हो । सुपर ओभरमा इंग्ल्याण्डले २ चौका र न्यूजिल्इाण्डले एक छक्का मात्र प्रहार गरेको थियो ।   

 

यसअघि अन्तिम ओभरमा इंग्ल्याण्डलाई १५ रन चाहिएको थियो । तर उसले अन्तिम ओभरमा १४ रन मात्र बनाउन सक्यो । न्यूजिल्याण्डले इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य दिएको थियो । न्यूजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४१ रन बनायो । उसका लागि बेन स्टोक्सले २ छक्का र ५ चौकाको मद्दतमा ९८ बलमा ८४ रन बनाए ।

 

इंग्ल्याण्डका लागि जोस बटलरले ५९, जोनी बरिस्टोले ३६, जोसन रोयले १७, लायम प्लेइङकटले १०, जो रुटले ७, कप्तान इओन मोर्गनले ९ रनको योगदान दिए । बलिङमा न्यूजिल्याण्डका जिमी नीशम, लोकी फर्गुसनले ३–३, म्याट हेनरी र कोलिन डी ग्राण्डहोमले एक–एक विकेट लिए । टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनायो ।

 

उसका लागि हेनरी निकोल्सले ५५, टम लाथमले ४७, कप्तान केन विलियम्सनले ३०, मार्टिन गुप्टिल, जिमी नीशमले १९–१९, कोलिन डी ग्राण्डहोमले १६, रस टेलरले १५, म्याट हेनरीले ४ र मिचेल सान्टनरले नट आउट ५ रन बनाए । बलिङमा इंग्ल्याण्डका लायम  लायम प्लंकेट, क्रिस ओक्सले ३–३ जोफ्रा आर्चर र मार्क उडले एक–एक विकेट लिए ।

 

अहिलेसम्म न्यूजिल्याण्ड–इंग्ल्याण्डले विश्वकप जित्न सकेका छैनन् । दुवै टिम उपाधि विहिन रहेकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म विश्वकपमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच ८ पटक भेट भएको छ । जसमा ५ खेलमा न्यूजिल्याण्ड र ३ खेलमा इंग्ल्याण्डले जीत हासिल गरेको छ ।

 

न्यूजिल्याण्डको सम्भावित प्लेइङ–११ः कोलिन मुनरो, मार्टिन गुप्टिल, केन विलियम्सन (कप्तान), रस टेलर, जिमी नीशम, कोलिन डी ग्राण्डहोम, टम लाथम (विकेट कीपर), मिचेल सान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट र लकी फर्गुसन ।

 

इंग्ल्याण्डको सम्भावित प्लेइङ–११ः जेसन रोय, जोनी बेरिस्टो, जो रूट, इओन मोर्गन, (कप्तान), बेन स्टोक्स, जोस बटलर (विकेटकीपर), क्रिस वोक्स, लियम प्लंकेट, आदिल रशीद, जोफ्रा आर्चर र मार्क वुड ।

सुपर ओभर न्यूजिल्याण्ड भर्सेस इंग्ल्याण्ड विश्वकप क्रिकेट

विशेष