राशिफल

कस्तो बित्दैछ तपाइको दिन? हेर्नुस् राशिफल

कस्तो बित्दैछ तपाइको दिन? हेर्नुस् राशिफल

काठमाडौंमा सूर्योदय ५ बजेर १९ मिनेट, सूर्यास्त बेलुकी ७ बजे । दिनमान ३४ घडी १३ पला । 

मेषः नोकरीमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुदा मन खुसी रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निबीच बिश्वासको वातावरण बढेर जानेछ ।  

 

बृषः मायाप्रेम तथा पति–पत्नीबिच केहि विषयमा मनमुटाब बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ  । धनमाल हराउँन तथा लुटिन सक्छ, सजक रहनु होला । व्यापार–व्यवसायमा नाफा कमाउन बढिनै संघर्ष गर्नुपर्नेछ ।  

 

मिथुनः साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति–पत्निबीचको सम्बन्धको गाँठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ ।  

 

कर्कटः व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनु पर्नेछ । घर परिवारमा आफन्त तथा पतिपत्निबीच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ ।  

 

सिहंः पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुने योग रहेकोछ ।  

 

कन्याः आत्मिय साथी तथा आफन्तसँग मनमुटाब बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । व्यापार–व्यवसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । प्रतिश्पर्धिहरुले काममा अवरोध पुर्याउँन सक्छन् ध्यान दिनुहोला ।  

 

तुलाः व्यापार व्यवसायमा लगानी गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । मायाप्रेममा धोका हुनेछ भने पतिपत्निसँग मनमुटाब बढ्न सक्छ । 

 

बृश्चिकः बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु हुने छन् । कार्यक्षेत्रमा तपार्ईँको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपार्ईँको कामदेखि खुसी हुनेछन् । सभा सभारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

 

धनुः सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुने समय रहेको छ । 


मकरः आफन्त तथा परिवारकै सदस्यबाट सहयोग नपाइने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानी  गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ ।  

 

कुम्भः व्यापार व्यावसायमा लगानी  गरि प्रशस्त आम्दानीगर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानीगर्न सकिनेछ । पढाइ  लेखाइ मा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी  फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । 

 

मीनः काम गर्ने सवालमा  शक्तिशालि व्याक्तिहरुसँग प्रतिष्पर्धा गर्नुपदा आफू कमजोर भईनेछ । नोकरिमा झै झमेलाको सामना गर्नुपर्नेछ भने तपार्ईँको खुट्टा तान्नेहरु सक्रिय लाग्नेछन् ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानी नहुँदा चिताएको काम सम्पादन गर्न सकिनेछैन । युवा ज्योतिषि डिपि भण्डारी, ज्योतिष परामर्श सेवा केन्द्र

राशिफल

विशेष