मनोरञ्जन

शिल्पालाई छविको भावुक पत्र, भने : कमजोरी सच्याएर गान्धीबादी भएर बस्न सक्छु

शिल्पालाई छविको भावुक पत्र, भने : कमजोरी सच्याएर गान्धीबादी भएर बस्न सक्छु

काठमाडौं : चलचित्र निर्माता छवि ओझाले शिल्पा पोखरेललाई घरफर्कि आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस लेख्दै घर फर्किन आग्रह गरेका हुन्।

शिल्पाले छवि ओझाबाट आफूलाई सुरक्षाको चुनौति रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि दुवैबीचको विवाद सतहमा आएको थियो। केही दिनअघि दुवैले समस्या सुल्झिएको बताएका थिए। यद्यपि उनीहरूबीचको विवाद जारी नै रहेको छविको सार्वजनिक रूपमा गरेको अनुरोधबाट खुलेको हो।

छविले भनेका छन्, ‘यदि तपाईं पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईंले बिहे गर्ने बेलामा आश्वासन दिलाएजस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरी सच्याएर गान्धीबादी भएर बस्न सक्छु।’ उनले वकिलमार्फत् नभई संगै टेबलमा बसेर कुरा गर्न पनि आग्रह गरेका छन्।

यस्तो छ उनको पत्र

शिल्पा जि,

मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्धविच्छेद भईसकेपछि तपाईंसँग चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबथोक कम्प्रोमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं । छातिमा हात राखेर आज एकछिन आफैलाई नढाँटी सम्झनुस्, तपार्इंले लगाएका कति आरोप सत्य छन्? यदि तपाईं पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईंले बिहे गर्ने बेलामा आश्वासन दिलाएजस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरी सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस् हाम्रो घरको ढोका सधै तपाईंका लागि खुल्ला छ । हैन र यदि तपार्इं साच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एकपटक मसँगै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आजसम्म मैले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । तपाइलार्इं पनि पार्दिन । मैले विगत ३ दिनदेखि तपाईंलाई सम्पर्क गरेर भेट्न खोज्दा पनि तपार्इंलाई अब मेरो वकिलले भेट्छ भन्नभयो । म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालत जानुपर्दैन। छवि ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।

शुभरात्री ।

 

 

छवि ओझा शिल्पा पोखरेल

विशेष