संखुवासभामा गोली चल्यो, विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान
संखुवासभा । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ता र प्रहरीबीच संखुवासभाको सिलिचोङ गाउँपालिकामा गोली हानाहान भएको छ ।
तर घटनामा कोही कसैलाई नोक्सानी भने नभएको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिनुभयो । विप्लवका कार्यकर्ताले फायरिङ गरेपछि प्रहरीले जवाफी कारबाही गरेको हो ।
विप्लवका कार्यकर्ताले फायर गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको प्रहरीको दाबी छ ।