मनोरञ्जन भिडियो

तिज गीत 'नेटो काटमकी यसपाली' सार्वजनिक

तिज गीत 'नेटो काटमकी यसपाली'  सार्वजनिक

गायिका तृप्ती खड्का, रेस्मा केसी र गायक संदीप न्यौपानेको तिज गीत 'नेटो काटमकी यसपाली' गीत भर्खरै सार्वजनिक भएको छ । पार्वती थापाको शब्द र गायिका तृप्ती खड्काकै लय सृजना रहेको यस गीत युएस खबर नेटवर्कको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो । बिक्रम चौहानले निर्देशन गरेको यस गीतको भिडियोमा लालुमाई गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र पछिल्लो समय चर्चामा रहेका मोडलद्वय अन्जली अधिकारी र करिस्मा ढकालको अभिनय रहेको छ । उद्धव राज सिलवाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको 'नेटो काटमकी कि यसपाली गीतमा उमेर, प्रेम र घर माईतीको प्रसंगलाई तिजको मौलिक लयमा कलात्मक रुपले प्रस्तुत गरिएको छ ।

बालाजु क्षेत्रमा छायांकन गरिएको यस गीतको भिडियोलाई प्रकाश खड्काले छायाँकन गरेका हुन् । उद्धव राज सिलवाल प्रोडक्सनका प्रवन्धक अमेरिका टेक्सस निवासी उद्धव राज सिलवालले नेपाली गीत संगीतको महत्व प्रवासमा अझ धेरै महशुष हुने र आफ्नो तर्फवाट यस क्षेत्रको लागि सक्दो सहयोग गर्नु आफ्नो कर्तव्य सम्झेको बताएका छन् । यस अघि पनि उद्धव राज सिलवाल प्रोडक्सनको ब्यानरमा 'कान्छि हे कान्छि' र 'कुम जोडी' गीत सार्वजनिक भएका छन् । अमेरिकाबाट सञ्चालित अनलाईन पत्रिका युएस खबरको आधिकारीक युटुव च्यानल 'यूएस मिडिया नेटवर्क'बाट बजारमा आएको यस गीतबारे यूयस खबरका संचालक किशन रेग्मीका अनुसार तिज अघि आउने साउन महिना हिन्दुधर्मालम्वीका लागि र बिषेशत महिला दिदीबहिनीहरुका लागि महत्व बोकेको महिना भएकाले साउने संक्रान्तीको दिन र स्रावणी मेला सुरु भएको दिन पारेर यो गीत सार्वजनिक गरिएको हो ।

">

 

विशेष