कर्पोरेट

३ सय विद्युतीय बस किन्न सरकारले दियो साझालाई तीन अर्ब

३ सय विद्युतीय बस किन्न सरकारले दियो साझालाई तीन अर्ब

ललितपुर : सरकारले तीन सयवटा विद्युतीय बस किन्न साझा यातायात सहकारी संस्थालाई तीन अर्ब रूपैयाँ निकासा गरेको छ। बस किन्नका लागि नेपाल सरकारबाट साझाको खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताएका छन्।  

विद्युतीय बस खरिद गर्न मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो। सरकारले यस वर्षको बजेटमा समेत बस किन्नका लागि रकम छुट्याएको थियो।  संस्थाले प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस किन्दैछ।

गत महिना मात्रै प्रदेश ३ सरकारले ३० करोड, काठमाडौँ महानगरपालिकाले १० करोड, ललितपुर महानगरपालिकाले साढे २ करोड र साझा आफैंले साढे २ करोडसहित ४५ करोड रूपैयाँमा विद्युतीय बस किन्न सम्झौता भएको थियो। 

साझा

विशेष