Technology कर्पोरेट

नेपाल टेलिकमको ल्यान्डलाइन र पोष्टपेडको जडान शुल्क घट्यो

नेपाल टेलिकमको ल्यान्डलाइन र पोष्टपेडको जडान शुल्क घट्यो

काठमाडौं । आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्कबापत ५ सय मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको स्थानीय टेलिफोन तथा पोष्टपेड मोबाइल पहिलाभन्दा कम दरमा उपलब्ध हुने भएको छ। 

अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने टेलिकमले जनाएको छ। यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो।

उक्त विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको प्रवक्ता प्रतिभा वैद्यले बताइन्। एनका अनुसार यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने अबदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गरे पुग्छ।

नेपाल टेलिकम

विशेष