कर्पोरेट

विदेशबाट फर्किँदै हुनुहुन्छ ? यस्ता छन् ल्याउन पाउने सामान

विदेशबाट फर्किँदै हुनुहुन्छ ? यस्ता छन् ल्याउन पाउने सामान


काठमाडौँ । विदेशबाट फर्किंदा ल्याउन पाउने सामानको नयाँ सूची सार्वजनिक भएको छ । यसअघिको सूची हटाएर सरकारले नयाँ सूची सार्वजनिक गरेको हो । 

 

के छ नयाँ व्यवस्थामा ? 
नयाँ व्यवस्थाअनुसार अब विदेशबाट लुगाफाटो, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान सहजै ल्याउन पाइने छ । 

 

पूर्ण भन्सार छुट हुने वस्तुहरु 
विदेशबाट आउँदा ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको सुन वा चाँदीका गहनामा पूर्ण भन्सार छुट हुनेछ । त्यस्तै, ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोवाइल फोन र पेनड्राइभ एक एक थान, सात किलोसम्म खाद्य, एक लिटरसम्म मदिरा लगायत सामानमा पूर्ण भन्सार छूट हुनेछ ।

 

यसैगरी नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भए निज र निजको परिवारका पुराना सबै किसिमका सामान स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट हुने व्यवस्था गरेको छ ।
 

विशेष