आइसिसीकाे लण्डन बैठक : क्यानमाथिको निलम्बनबारे भएन निर्णय
काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को लण्डनमा भएको बैठकले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बनबारे छलफल हुने अनुमान गरिए पनि निर्णय नभएसँगै निलम्बन यथावत छ ।
क्यानमा सरकारले हस्तक्षेप गरेको भन्दै २०७३ वैशाखमा आईसीसीले निलम्बन गरेको थियो । यद्यपि नेपाली क्रिकेट टोलीलाई उसैले हेरिरहेको छ । आईसीसीको प्रतिबन्धमा परेपनि नेपाली क्रिकेट टोलीले भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलिरहेको छ ।
आईसीसीले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ । त्यस्तै एसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ ।