खेल

जिम्बावे क्रिकेटमाथि आईसीसीको निलम्बन

जिम्बावे क्रिकेटमाथि आईसीसीको निलम्बन

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेलाई निलम्बन गरेको छ । जिम्बाबेको क्रिकेट बोर्डमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै आईसीसीले निलम्बन गरेको हो । 


आईसीसीको बिहीबार लन्डनमा बसेको बोर्ड बैठकले जिम्बावे क्रिकेट बोर्डको निर्वाचन लोकतान्त्रिक नभएको र सरकारको चरम हस्तक्षेप भएको उल्लेख गर्दै जिम्बाबेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

 

तीनबर्ष अघि आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई पनि सोही कारण देखाउँदै निलम्बन गरेको थियो । आईसीसीले नेपालमाथिको निलम्बन अझै फुकुवा गरेको छैन । नेपाली क्रिकेटलाई आईसीसीले अन्तर्राष्ट्रिय सहभागिताबाट भने रोकेको छैन ।  

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् जिम्बावे

विशेष