नेपाल आइडल रवि ओडको ‘उजाड यो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक गरिएको छ । उनको ‘उजाड यो’ बोलको नयाँ गीत बिहीबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो । यो गीतमा उनीसँगै प्रविशा अधिकारीले स्वरमा साथ दिएकी छिन् । रवि–प्रविशाले गाएको यो गीतलाई बालकृष्ण न्यौपानेले लेखेका हुन् ।
यस्तै गीतमा सुनिल राइको संगीत छ । भिडियोमा चर्चित मोडल सनम खडायत र श्रृष्टि खड्काले अभिनय गरेका छन् । नेपाल आइडलपछि निकै व्यस्त रहेका रविले केही दिनअघि मात्रै ‘घरमा कुरा’, ‘दिलको फ्रेममा’, ‘मिठो बोलीले’, २ कौडीको माया’ लगायत गीत बजारमा ल्याएका थिए ।
नेपाल आइडल रवि ओड