काठमाडौंमा खुल्यो होक्काइदो रामेन हाउस
काठमाडौं । काठमाडौंमा जापानिज रेष्टुरेन्ट सञ्चालनमा आएको छ । नेपालीलाई जापानमा बनेको विभिन्न प्रकारका खानाको स्वाद चखाउने उदेश्यले नेपालमा होक्काइदो रामेन हाउसको सुरु भएको हो ।
होक्काइदो रामेन हाउस प्रालिले काठमाडौंको बूढानिलकण्डस्थित पार्क भिलेज र ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा एकैसाथ जापानिज रेस्टुरेन्ट सञ्चालनमा आएको हो । यसमा झण्डै २ करोड ७५ लाख खर्च भइसकेको छ ।
होक्काइदो रामेन हाउसको उद्घाटन कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रामेश हाउस प्रालिका अध्यक्ष अर्जुन अधिकारीले जापानिज परिकारको माध्यमबाट नेपाल र जापान बीचको खानपिन तथा जनस्तरको सम्बन्धलाई कसिलो बनाउने बताए । उनले यसले नेपालको उद्योय व्यवसायमा समेत टेवा पुग्ने उनको विश्वास छ ।
होक्काइदो रामेन हाउस ३ वर्षको प्रयासपछि नेपालमा खुलेको हो । अबको केही वर्षका देशका विभिन्न भागमा गरी ७ स्थानमा शाखा खोल्ने तयारी भइरहेको छ ।
होक्काइदो रामेन हाउसले स्तरीय खाना रामेन उत्पादनका लागि चाहिने कच्चा पदार्थ भैरहवा लागायतका स्थानमा गहुँ, जौं र फापर उत्पादन सुरु गरिसकेको छ । हाउसमा खुवाइने खानाका परिचारमा चाहिने ८० प्रतिशत कच्चा पदार्थ नेपालमै उत्पादन हुनेछ ।
औपचारिक रुपमा शनिबार नेपालका लागि जापानिज राजदूत साइगो मासामिचीले उद्घाटन गर्दैछन् । उद्घाटन कार्यक्रममा नेपाल र जापानका विशिष्ट व्यक्तिहरु सहभागी बन्दैछन् ।
‘रामेन’ जापानमा अति प्रचलिन खाना हो । अधिकांस जापानिहरु यो खाना मन पराउँछन् । यो नेपालमा खाइने थुक्पासँग मिल्दोजुल्दो हुन्छ । तर, स्वाद र गुणस्तरमा भने आकासपातालको फरक छ ।
अध्यक्ष अधिकारीका अनुसार जापानमा अति प्रचलिन नुडल्स ‘रामेन’ लाई सुलभ मुल्यमा उत्कृष्ट स्वाद चखाइनेछ । होक्काइदो रामेन हाउसमा लामो समयदेखि जापानी परिकार बनाउँदै आएका सेफ पुरनबहादुर चौधरी र जापानी सेफ माचुमुराले स्तरीय खाना बनाउन प्रशिक्षण दिनेछन् ।
लामो नुडल्सलाई ८ घण्टा लगाएर बनाइएको सुपमा तरकारी, अण्डा र मासु मिसाएर बनाइन्छ । अब यहाँ रामेनबाहेक ३० भन्दा बढी जापानी परिकार बन्ने सुदर्शन गौतम बताउँछन् ।
रामेन