पल्सर स्पोर्ट्स अवार्ड : कसकाे पाेल्टामा के ?
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष गर्दै आएको अवार्ड वितरणमा यस वर्ष युकेश गुरुङ, सावित्रा भण्डारी उत्कृष्ट खेलाडिमा चयन भएका छन् भने उत्कृष्ट प्रशिक्षकमा योगेश भट्टराई चुनिएका छन् ।
उत्कृष्ट पुरुष खेलाडि
पाराग्लाइडिङका युकेश गुरुङले पल्सर स्पोर्टस अवार्ड २०७५ को उत्कृष्ट पुरुष खेलाडी घोषित भए । इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम इभेन्टमा उनले रजत पदक जितेका थिए ।
एसियाडमा नेपाललाई २० बर्षपछि रजत दिलाउँदा पाँच मध्येका प्रमुख खेलाडी थिए जसले डेब्यु खेलमै सर्वाधिक स्कोर प्राप्त गरेका थिए । उनले जुडोका इन्द्रबहादुर श्रेष्ठ, क्रिकेटका पारस खड्का र सोमपाल कामी तथा गल्फमा शुक्रबहादुर राईलाई पछि पार्दै अवार्ड चुमे ।
सावित्रा उत्कृष्ट महिला खेलाडि
फुटबल खेलाडी सावित्रा भण्डारीले पल्सर स्पोर्टस अवार्ड २०७५ को उत्कृष्ट महिला खेलाडी अवार्ड जितेकी छिन् । भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी सावित्रा भण्डारी उत्कृष्ट महिला खेलाडि चुनिइन् ।
भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सिता रानामगर, तोक्वान्दोकी निमा गुरुङ र जुडोकी मनिता प्रधानलाई पछि पार्दै सावित्राले उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी हुन् । सावित्राले महिला साफ च्याम्पियनसिपमा सावित्रा उत्कृष्ट गोलकर्ता बनेकी थिइन् ।
उत्कृष्ट प्रशिक्षकमा योगेश भट्टराई
नेपाललाई एसियाडमा २० वर्षपछि रजत पदक दिलाउने मुख्य प्रशिक्षक योगेश भट्टराईले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् ।
उनले फुटबलका हरि खड्का, एथ्लेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्टलाई पछि पार्दै भट्टराईले उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हुन् ।
पिपल्स च्वाईस अवार्ड रेश्मालाई
त्यस्तै भलिबलकी राष्ट्रिय खेलाडी रेश्मा भण्डारीले एनएसजेएफ पिपल्स च्वाइस अवार्ड जितिन् ।
यस विधामा रेश्मासँगै क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा परेका थिए ।
स्पेशल अवार्ड रोहित चन्दलाई
नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य रोहित चन्दले ‘एनएसजेएफ पल्सर स्पेसल अवार्ड’ पाए । नेपाली राष्ट्रिय टिमका नियमित सदस्य रोहित हाल इण्डोनेसियाको पर्सिजा जाकार्ताबाट खेल्दै आएका छन् । जाकार्ताले वर्ष २०७५ मा त्यहाँको लिग वान जित्दा उनी त्यसका प्रमुख खेलाडी थिए । त्यसैक्रममा उनी लिगकै ‘मोस्ट भ्यालुएल प्लेयर’ पनि चुनिए
पारा वर्ष खेलाडिमा मनसरा
त्यस्तै पारा वर्ष खेलडी अवार्ड नेत्रहिन क्रिकेटर मनकेसी चौधरीले प्राप्त गरिन् । पारा वर्ष खेलाडीको अवार्ड जित्न सफल मनकेसीले अर्वाडसहित ५० हजार नगद पुरस्कार प्राप्त गरिन् ।
नेत्रहिन क्रिकेटर केसीले गएको वर्ष पाकिस्तानमा भएको शृङ्खलामा नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । सन् २०१४ मा नेपालमा ब्रिटेनसँग खेलेको तीनवटै टी–२० खेल जित्दा उनी सबै खेलमा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
रोकायालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
एथ्लेटिक्सका प्रशिक्षक हरिबहादुर रोकाया पल्सर स्पोर्टस अवार्ड २०७५ मा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए ।