राशिफल

कस्तो छ आज तपाइको भाग्य? हेर्नुस् राशिफल

कस्तो छ आज तपाइको भाग्य? हेर्नुस् राशिफल

वि.सं. २०७६ साल साउन ०६ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष ।

  

मेषः गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिने छ । स्वास्थ्य बिग्रने हुँदा काम प्रभावित हुनेछ, सचेत रहनुहोला । व्यापार व्यवासाय खस्केर जानेछ भने विदेशी सामानको व्यापार बढेर जाने योग छ ।  

 

बृषः व्यापार व्यवसायमा लगानी  गरेपनि नाफा कमाउन केही समय कुर्नु पर्नेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण विवाद हुने योग छ । चाहेका वस्तुहरु समयमा उपलब्ध नहुँदा मन खिन्न हुनेछ ।

 

मिथुनः पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यवसायमा प्रशस्त आम्दानि हुनेछ ।  

 

कर्कटः खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरीरमा थप उर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाइको बर्चश्व कायम रहने छ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सकिने छ ।  

 

सिहंः स्वास्थ्यमा समस्या आएर औषधि खर्च बढ्ने योग रहेको छ । कार्यक्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिने छ । माया–प्रेममा एक अर्काबीच अविश्वास बढ्ने योग छ ।

 

कन्याः व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भौतिक सम्पति तथा सवारी साधनको प्राप्तिको गतिलो योग छ ।

 

तुलाः स्वास्थ्य सम्बन्धि पुराना समस्या ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्ने छ । पढाइ–लेखाइमा प्रतिस्पर्धिलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेको छ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । 

 

बृश्चिकः आफन्त तथा गुरुजनको सुझावलाई सिरोधार्य गर्दै अगाडि बढ्न सकिने छ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पति पाउने योग छ भने प्रेममा सामिप्यता बढेर जाने छ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाईलो यात्राको तय गर्न सकिने छ ।  

 

धनुः अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्ने छ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ ।  माया–प्रेममा सामिप्यता बढेर जानेछ भने पति–पत्निबीचको सम्बन्धमा थप बिश्वास थपिने छ ।

 

मकरः माया–प्रेममा रमाउँन चाहानेका लागि समय राम्रो रहेको छ । पढाइ–लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुने योग छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ । धर्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ ।


 
कुम्भः बोलीको प्रभाब बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । श्रीमान्–श्रीमति तथा माया–प्रेममा सामिप्यता बढेर जाने छ । कुटुम्बबाट तपाइले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाई–लेखाइमा सफलता हात लाग्ने योग छ ।  

 

मीनः आर्थिक रुपमा कमजोर हुँदा दैनिक आवश्यक्ता परिपूर्ती गर्न सकिने छैन । राजनीति तथा समाजसेवामा जनताको कमजोर सहभागिता रहनेछ । आफन्त तथा साथीभाईको सहयोग नपाईदा मन खिन्न हुनेछ ।  

राशिफल भाग्य

विशेष