मनोरञ्जन

कस्ता पुरुषले खिच्छन् ध्यान? यस्तो भन्छिन् रिमा विश्वकर्मा

कस्ता पुरुषले खिच्छन् ध्यान? यस्तो भन्छिन् रिमा विश्वकर्मा

काठमाडौं । इन्टेलिजेन्ट हुनुपर्यो । हरेक निर्णय समयमा लिन सक्ने, तर सोचेर मात्र लिने । त्यस्ता निर्णयले अरूलाई अप्ठ्यारोमा पार्नु भएन । समस्यालाई बुझ्ने अनि परिपक्व हुनुपर्यो । बरु साहित्यिक पनि हुनुपर्यो । सम्पत्ति भनेको आफ्नो खुट्टामा उभिनु नै हो । ऊ आफ्नो खुट्टामा उभिएको हुनुपर्छ । अनि केयरिङ पनि हुनुपर्यो । एक–अर्कालाई ख्याल गर्नुपर्यो । परम्परागत सोच भएकाहरू मन पर्दैन । काममा सहयोग गर्ने, आइडिया दिने, हौसला प्रदान गर्ने हुनुपर्छ । अरुलाई सम्मान गर्ने तथा सेन्स अफ ह्युमर भएको पनि हुनुपर्छ । अप्ठ्यारो परिस्थितिलाई सहज रुपमा लिएर हाँस्न र हसाउन सक्ने मान्छे मनपर्छ ।

 

अरूको कुरा काट्ने मान्छे मन पर्दैन । हरेक कुरामा सकारात्मक हुन सक्नुपर्छ । स्मार्ट पनि हुनुपर्यो । ड्रेसिङ सेन्स भएको हुनुपर्छ । कमजोरी सबैसँग हुन्छ । कमजोरीलाई ख्याल गरेर अगाडि बढ्ने किसिमको मान्छे मन पर्छ । अलि महत्वाकांक्षी पनि हुनुपर्छ । उद्देश्य पूरा गर्न योजना बनाएर अगाडि बढ्ने र अरूलाई पनि उत्साहित बनाउन सक्ने हुनुपर्छ ।

 

उत्तरदायित्व बहन गर्ने हुनुपर्छ । सबैका आफ्ना जिम्मेवारी हुन्छन् । ती जिम्मेवारी पूरा गर्ने हुनुपर्छ । आफ्ना जिम्मेवारीलाई सहज रूपमा निभाउन सक्नुपर्छ । आकर्षक पनि हुनुपर्छ । अलिकति रोमान्टिक होस् । अरूलाई पनि उत्तिकै प्राथमिकतामा राखेर अगाडि बढ्ने स्वभाव भएका मान्छेले मेरो ध्यान खिच्न सक्छन् । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

रिमा विश्वकर्मा

विशेष