खेल

टि–२० विश्वकप छनोटः सिंगापुरद्वारा कतारलाई १८७ रनको लक्ष्य (LIVE)

टि–२० विश्वकप छनोटः सिंगापुरद्वारा कतारलाई १८७ रनको लक्ष्य (LIVE)

काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट २०१९ को पहिलो खेलमा सिंगापुरले कतारलाई १८७ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो । उसका लागि सुरेन्द्रन चन्द्रमोहनले ४७, टिम डभिडले ३८, मनप्रीत सिंहले ३४, रोहन रंगर्जानले ३२, अनिस प्रणामले १० रन बनाए । बलिङमा कतारका इकबाल हुसैनले ४, नुवाव सरवारले २ र तमूर सजादले एक विकेट लिए ।

 

राउण्ड रोविनका बधारमा हुने यस क्वालिफायरमा सबै टिमले एक आपसमा खेल्नेछन् र अन्तिममा धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ । सोही टिमले यो ट्रफी जित्नेछ र अक्टोबर–नोभेम्बरमा युएईमा हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ। यूएईमा हुने क्वालिफायर सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपको लागि अन्तिम चरणको क्वालिफायर समेत हो। विश्वकप छनोट अन्तर्गत एसिया फाइनल अन्तर्गत नेपालले पहिलो खेल कतारविरुद्ध खेल्दै छ । यी दुई टिमबीचको खेल २३ जूलाईमा हुँदैछ ।

 

यस्तै नेपालले दोस्रो खेलमा मलेसियाविरुद्ध २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जूलाईमा सिंगापुरसँग खेल्ने छ । एसिया फाइनलमा नेपालसहित सिंगापुर, मलेसिया, कतार र कुवेत पनि छन् । एसिया फाइनल खेल्ने पाँच राष्ट्र मध्ये नेपाल मात्र एकदिवसीय मान्यता प्राप्त पाए देश हो । अन्य टिमभन्दा नेपाललाई बलियो मानिएकाले उपाधि जित्दै ग्लोबल छनोटमा पुग्ने आकलन पनि गरिएको छ ।

 

आईसीसी वरियतामा नेपाल ११ औं स्थानमा छ । नेपालपछि वरियतामा कतार २१ औं स्थानमा छ । यस्तै आयोजक सिंगापुर २३ औं, कुवेत २८ औं र मलेसिया ३५ औं स्थानमा रहेका छ । एसिया फाइनलको शीर्ष स्थानमा रहने टिमले आउँदो नोभेम्बरमा यूएईमा हुने आईसीसी टि–२० विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।

 

क्षेत्रिय छनोटबाट आएका अफ्रिका, अमेरिका, एसिया, युरोप र पूर्वी एसिया प्यासिफिकका राष्ट्रसंगै गत संस्करणको टि–२० विश्वकप खेलेका राष्ट्र हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड, आयोजक युएई र जिम्बाबे गरि १४ राष्ट्रको सहभागिता हुने छन् । विश्वकप छनोटमा शीर्ष ६ स्थान सम्मका राष्ट्रले आगामी बर्ष अस्ट्रेलियामा हुने आईसीसी टि–२० विश्वकपमा सहभागिता जनाउने मौका पाउने छन् ।

">

 

टि–२० विश्वकप छनोट सिंगापुर भर्सेस कतार

विशेष