सन्दीप लामिछानेको ‘मेमोरी’ बोलको गीत बजारमा (भिडियो)

काठमाडौं । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अर्को नयाँ गीत बजारमा ल्याएका छन् । सन्दीपले सोमबार ‘मेमोरी..’ बोलको गीत बजारमा ल्याएका हुन् । क्रिकेटसँगै गायन क्षेत्रमा प्रवेश गरेका सन्दीपले युट्युबबाट आफ्नो नयाँ कोसेली ‘मेमोरी’ को भिडियो सावर्जनिक गरेका हुन् ।
भिडियोमा सन्दीपसँगै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी लगायतका खेलाडीले अभिनय गरेका छन् । यसअघि सन्दीपले ‘उदास’ बोलको गीत सार्वजनिक गरिसकेका छन् । सन्दीपको यो गीतमा उलास मकरातीको शब्द, गायक लामिछाने र राजन मगरको संगीत रहेको छ ।
सन्दीप लामिछाने क्रिकेट