राशिफल

कस्तो छ आज तपाइको दिन? हेर्नुस् राशिफल

कस्तो छ आज तपाइको दिन? हेर्नुस् राशिफल

वि.सं. २०७६ साल साउन ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ जुलाई २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष ।

 

मेषः पढाई–लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनुहोला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । माया–प्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग छ । 

 

बृषः पैत्रिक धन सम्पतिमा विवाद आउँने योग रहेको छ । दाजुभाईसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाई–लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ । मायाप्रेमका कोपिलाहरु फक्रन नपाउँने हुनाले मन दुखि हुनेछ ।  

 

मिथुनः व्यापार फस्टाएर जानेछ भने नयाँ पछिसम्म आम्दानी भईरहने व्यवसायमा लगानी गरी रोजगारिको अवसरहरु सिर्जना गर्न सकिने छ । अध्ययनमा विजय हुने योग छ भने अन्य साथीहरुलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिने छ ।  

 

कर्कटः खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जाने छ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्राको तय गर्न सकिने छ ।  

 

सिहंः समय मध्ययम रहेकोले कुनै व्यापारमा लगानी गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला ।  

 

कन्याः यात्राका क्रममा उपलब्धि मुलक कामहरु गर्न सकिनेछ । व्यापारमा लगानी गरि मनग्गे आम्दानीगर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई–लेखाईमा प्रतिस्पर्धिलाई किनारा लगाउँदै सफलता हात पार्न सकिने छ । 

 

तुलाः व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ता पूरा गर्न सकिने छ । अध्ययनमा प्रतिस्पर्धिलाई साईड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिने छ । 

 

बृश्चिकः स्कूल कलेज, बैंक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिने छ । शेयर बजार तथा सट्टाको व्यवसायमा बिशेष लाभ लिन सकिने छ । माया–प्रेममा एक अर्कालाई विश्वास गर्नाले सम्बन्ध सुदृढ हुनेछ ।  

 

धनुः आमा वा आमा सरहका मानिसबाट टाढिएर लामो दरुरीको यात्रा हुने अत्याधिक सम्भावना छ । कृषि शहकारी व्यवसायलाई नयाँ तरिकाले विस्तार गरी मनग्गे लाभ लिन सकिने छ भने अन्य व्यवसायमा मन्दी आउने छ ।

 

मकरः छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाई–लेखाईमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिने छ ।
 


कुम्भः माया–प्रेममा विश्वास बढ्नेछ भने जीवनसाथीको सहयोगलो नयाँ कामको थालनी गर्न सकिने छ । बिद्यार्थीले थोरै समय दिदा पनि उत्कृष्ट नतिजा ल्याउँन सक्ने छन् । व्यापार फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ ।

 

मीनः परिवारका सदस्यसँग विवाद बढ्ने योग छ । आफन्तहरु टाढिने छन् । व्यापारमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ ।  

राशिफल

विशेष